ह्वेल विभिन्न प्रकारका जटिल आवाजहरू निकाल्न सक्छन् । यी आवाजहरू तिनको जीवनको अत्यन्तै महत्वपूर्ण भाग हुन् ।
समुद्र अत्यन्त विशाल र गहिरो हुन्छ । यसको धेरै भागमा सूर्यको प्रकाश समेत पुग्दैन, त्यसैले त्यहाँ अँध्यारो हुन्छ । यस्ता अवस्थामा उनीहरु एक–अर्कासँग सम्पर्क गर्न आफ्नै आवाजको सहाराले कुरा गर्छन् ।
समुद्रको अँध्यारोमा आफ्ना ध्वनि–तरङ्गहरूको प्रयोग ठीक त्यस्तै गरी गर्छन्, जसरी आजको समयमा ‘सोनार प्रविधि’ प्रयोग गरिन्छ। यी ध्वनि–तरङ्गहरूको सहायताले तिनीहरूले दुरी र दिशाको अनुमान लगाउँछन् ।
सोनार एउटा प्रविधि हो, जसले जलभित्रको सञ्चार गर्ने कार्य र पानीभित्र वा सतहमा रहेका वस्तुहरूको पहिचान गर्न ध्वनि–तरङ्गको प्रयोग गर्छ ।
पानीभित्र हजारौँ किलोमिटरसम्म पुग्न सक्ने तिनीहरूको आवाज कुनै दूरभाष यन्त्रभन्दा कम छैन, किनभने यसकै सहायताले तिनीहरू टाढा रहेका साथीहरूसँग पनि सम्पर्क गर्न सक्छन् ।