जाडोमा कागती सेवन गर्न नहुने होइन, जुनसुकै मौसममा खान सकिन्छ । जाडोमा भने केही तरिका मिलाएर खानुपर्छ ।
कसरी सेवन गर्ने?
जाडोमा कागती सेवन गर्न मनतातो पानी प्रयोग गर्नुपर्छ । बिहान खाली पेटमा आधा कागतीको रस २५० एमएल मनतातो पानीमा मिसाएर पिउन सकिन्छ । मह वा अदुवा थप्दा स्वाद र फाइदा बढ्छ।
अत्याधिक तातो पानीमा भने कागती मिसाउनु हुँदैन, किनकि तातोले भिटामिन सी नष्ट गर्छ। खानामा सलाद वा चियामा पनि मिसाउन सकिन्छ । यसले हाइड्रेसन र इम्युनिटी कायम राख्छ।
चिसो कागती पानीले पेट दुख्न सक्छ वा एसिडिटी बढाउन सक्छ। दाँतको इनामेल खिइने र एसिड रिफ्लक्स हुने जोखिम हुन्छ ।
जाडोमा के फाइदा गर्छ ?
पानीमा कागती मिसाएर पिउँदा इम्युनिटी बढ्छ, भिटामिन सी मिल्छ जसले रुघाखोकीबाट बचाउँछ। पाचन सुधार्छ, हाइड्रेसन कायम राख्छ र मेटाबोलिजम बढाउँछ। ब्लड सुगर नियन्त्रण गर्छ । मह वा अदुवा मिसाएर पिउँदा घाँटी दुखाइ र कफमा राहत मिल्छ।
कसले नगर्ने ?
कागतीको अम्लताले सबैलाई सुहाउँदैन। एसिडिटी, ग्यास्ट्रिक अल्सर वा जीईआरडी भएका व्यक्तिले सेवन नगर्नुहोस्, किनकि यसले पेट पोल्न सक्छ । दाँत कमजोर वा इनामेल खिइएको भए जोखिम हुन्छ।