
निद्राको गुणस्तरमा बाधा
हामी सुतिरहेको बेला दिमाग शान्त रहन्छ । यस्तोमा बिहानै फोनको स्क्रिन हेर्दा दिमाग अचानक सक्रिय भै अप्रत्यक्षरुमा स्नायुसम्मै क्षति पुर्याउँछ । यो बानी रह्यो भने निद्राको गुणस्तर खराब हुने तथा सधैँ थकान महसुस हुनसक्छ ।

तनाव
स्मार्टफोनमा सामाजिक संजालका विषयवस्तु, समाचार, इमेल तथा विभिन्न खालका एपहरुका नोटिफिकेसन आइरहन्छन्। बिहानै उठेर यस्ता सूचना हेर्नाले तनाव बढेर दिनभर मुड बिग्रिन सक्छ ।
Advertisement

उत्पादनशीलता घट्ने
यदि उत्पादनशीलता बढाउनु छ भने बिहानको समय सबैभन्दा धेरै उपयोगी हुन्छ । तर, बिहानै उठ्ने बित्तिकै फोनमा झुम्मिन थालेमा ध्यान भट्किएर धेरै समय बर्बाद हुन्छ ।

आँखाको समस्या
स्मार्टफोनको स्क्रिनबाट निस्किने निलो प्रकाश हाम्रो आँखाको लागि निकै हानिकारक हुन्छ। बिहान स्मार्टफोनको प्रयोग गर्दा आँखा पोल्ने, सुन्निने र धमिलोपन जस्ता समस्या उत्पन्न हुन्छ ।