
के तपाईंलाई थाहा छ कि यदि कुनै व्यक्ति ब्ल्याक होलको वरिपरि केही घण्टा बिताउँछ भने, त्यति समयमा पृथ्वीमा केही वर्ष बितिसक्छन् ?

विज्ञानको भाषामा यसलाई ‘टाइम डाइलेसन’ भनिन्छ, अर्थात् समय हरेक ठाउँमा एउटै तरिकाले चल्दैन। यही कारण हो कि अन्तरिक्षमा रहेका अन्तरिक्षयात्रीहरुको उमेर, पृथ्वीमा रहेका मानिसहरूको तुलनामा विस्तारै बढ्छ ।

टाइम डाइलेसनको विचार अनुसार, अल्बर्ट आइन्स्टाइनको सिदान्तबाट आएको हो । यसमा आइन्स्टाइन समय र गति गुरुत्वआकर्षणबाट चल्छ।

गति जति ज्यादा तेज छ, त्यति समय सुस्त हुन्छ । त्यस्तै, गुरुत्वआकर्षण जति बढी हुन्छ, त्यति समय सुस्त गतिमा चल्छ ।

अन्तरिक्षमा पृथ्वीको तुलनामा गुरुत्वआकर्षण कम हुन्छ, तर, एयरक्राफ्टमा अत्याधिक तीव्र हुन्छ । यसको मिस्रित प्रभावले एयरक्राफ्टको समय धर्तीको तुलनामा सुस्त हुन्छ ।

जो अन्तरिक्ष यात्रीहरू अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा बस्छन् र तीव्र गतिमा पृथ्वीको परिक्रमा गर्छन्, उनीहरूको लागि पृथ्वीमा बस्नेहरूको तुलनामा समय केही माइक्रोसेकेन्ड पछाडि चल्छ।

जीपीएस एक उत्कृष्ट उदाहरण हो टाइम डाइलेशनको। जीपीएस स्याटेलाइटहरू पृथ्वीभन्दा माथि कम गुरुत्वाकर्षण क्षेत्रमा छन्। यो प्रक्रियाले वैज्ञानिक अवधारणालाई वास्तविक जीवनमा देखाउँछ।

जो अन्तरिक्ष यात्रीहरू अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा बस्छन् र तीव्र गतिमा पृथ्वीको परिक्रमा गर्छन्, उनीहरूको लागि पृथ्वीमा बस्नेहरूको तुलनामा समय केही माइक्रोसेकेन्ड पछाडि चल्छ ।