व्यायाम र यौन स्वास्थ्य
नियमित व्यायामले शरीरमा रक्तसञ्चार सुधार्नुका साथै शारीरिक तथा मानसिक स्वास्थ्य बलियो बनाउँछ । यसको प्रभाव यौन इच्छा र क्षमतामा पनि देखिन सक्छ ।
रक्तसञ्चारको भूमिका
यौन उत्तेजनाका लागि शरीरका संवेदनशील अङ्गमा पर्याप्त रक्तसञ्चार आवश्यक हुन्छ । नियमित दौड, पौडी वा साइकलजस्ता व्यायामले रक्तसञ्चार सुधारेर यौन प्रतिक्रियालाई सहज बनाउन मद्दत गर्छ ।
तनाव घटाउँछ, इच्छा बढाउँछ
चिन्ता, तनाव र आत्मविश्वासको कमीले यौन इच्छामा असर पार्न सक्छ । व्यायामले तनाव घटाउनुका साथै मनलाई हलुका बनाउने र आत्मविश्वास बढाउने काम गर्छ ।
कस्तो व्यायाम गर्ने ?
यौन स्वास्थ्यका लागि अत्यन्तै कठिन अभ्यास गर्नैपर्छ भन्ने छैन । नियमित हिँडाइ, दौड, योग, पौडी, साइकल र तल्लो पेटको कसरत उपयोगी हुन सक्छ ।
धेरै व्यायाम गर्दा उल्टो असर
व्यायाम स्वास्थ्यका लागि लाभदायक भए पनि शरीरले धान्न नसक्ने गरी अत्यधिक कडा अभ्यास गर्दा थकान र ऊर्जा कमी हुन सक्छ । यसले यौन इच्छामा उल्टो असर पार्न सक्छ ।