गर्भ निरोधक चक्कीको सेवनले तौल बढ्छ ?
गर्भ निरोधक चक्की खाँदा तौल बढ्ने कुराको कुनै प्रमाण छैन, किनभने अहिलेसम्म कुनै पनि अनुसन्धानमा यो पुष्टि भएको छैन ।
के गर्भ निरोधक चक्कीले प्रजनन् क्षमता घटाउँछ ?
गर्भ निरोधक चक्कीहरू सेवन गर्दा प्रजनन् क्षमतामा कुनै पनि प्रकारले असर गर्दैन । कतिपय महिलाले डिम्ब निष्कासन र महिनावारी पुनः सुरु हुन केही ढिलाइ भने अनुभव गर्न सक्छन् ।
Advertisement
गर्भ निरोधक चक्की प्रयोग गर्दा क्यान्सरको खतरा बढ्छ ?
अनिच्छित गर्भ रोक्न सबै प्रकारका गर्भ निरोधक चक्कीको प्रयोगले क्यान्सरको जोखिम बढाउँदैन । निरन्तर र अत्यधिक प्रयोगले स्तन र पाठेघरको क्यान्सर लगायत समस्या निम्त्याउन सक्ने सम्भावना भने रहन्छ ।
गर्भ निरोधक चक्की खाएपछि तुरुन्तै काम गर्न थाल्छ
गर्भ निरोधक चक्कीमा रहेको हर्मोनले डिम्ब निष्काशन रोक्न र महिलाको शरीरमा प्राकृतिक हर्मोनसँग अन्तरक्रिया गर्न लगभग सात दिन लाग्छ ।