
यही महाभारतको पौराणिक पाठकै ज्ञानको माध्यमबाटै घरमा बच्चाहरुलाई जीवन र व्यवहारिक शिक्षा दिने गरिन्छ ।

महाभारतमा राम वा गीताको ज्ञानबारे त धेरै कुरा सिक्न सकिन्छ । तर, महाभारतमा भिलेन मानिने दुर्योधनको लाखौँ नराम्रो गुण भए पछि पनि उसको व्यक्तित्वकोबाट केही सिक अनुशरण गर्न सकिन्छ ।

जिम्मेदार भाई
भाई पाण्डवसँग उनको त्यति नजमे पनि हरेक परिस्थितिमा दुर्योधनसधैं खडा हुने गर्थे । यसले सम्बन्धमा दरार आए पनि साथ छोड्न हुदैन भन्ने कुरा अनुशरण गर्न सकिन्छ ।

लक्ष्यको लागि समर्पित हुने
दुर्योधनलाई सत्ताको मोह थियो । उनी सधै सम्राट बन्न चाहान्थे । जुन कुरा कहिले लुकाएनन् । उनले सुरुबाट नै सत्ता आफुले हासिल गर्न खोजेको स्पष्ट देखाउथे । उनी लुकेर जाल झेल गर्नमा विश्वास नगर्नेमा पर्थे ।

नि:स्वार्थ मित्रता
दुर्योधन र कर्णको मित्रताको चर्चा त सुन्नु भएको नै होला । उनले मित्रतामा कुनै स्वार्थ थिएन । उनले उनीसँगको सम्बन्ध आँखा बन्द गरेर निभाए । कर्णले पनि उत्तिकै सद्भाव र लगाव उनलाई दिएका थिए ।

सम्बन्धमा विश्वास
उनले जसलाई आफ्नो मान्थे । ती व्यक्तिलाई आँखा बन्द गरेर विश्वास गर्थे । मामा शकुनी वा कर्ण । उनीहरुले दिएको सुझावलाई ध्यानमा राखेर रणनीति बनाउथे । यसरी सल्लाह लिंदा उनी धेरैजसो काम फत्ते पार्थे ।