+

हान्ता भाइरस : कति घातक ?

के हो हान्ता भाइरस ?

हान्ता भाइरस मुसाको दिसा, पिसाब वा र्‍यालबाट सर्ने संक्रमण हो । केही अवस्थामा यसले मानिसको ज्यानसमेत लिन सक्छ ।

कहाँ देखिएको छ ?

हाल क्रूज जहाजमा फैलिएको संक्रमणले विश्वको ध्यान तानेको छ । ८ संक्रमितमध्ये ३ जनाको मृत्यु पुष्टि भइसकेको छ ।

Advertisement

किन खतरनाक मानिन्छ ?

‘आन्दिज’ प्रजातिको हान्ता भाइरस मानिसबाट मानिसमा पनि सर्न सक्छ । यसको मृत्युदर झन्डै ३८ प्रतिशतसम्म देखिएको छ ।

मुख्य लक्षणहरू के हुन् ?

ज्वरो, टाउको दुख्ने, मांसपेशी दुख्ने, वाकवाकी र पखाला देखिन सक्छ । जटिल हुँदा निमोनिया, श्वासप्रश्वासमा कठिनाइ हुन सक्छ ।

नेपालमा जोखिम कति ?

नेपालमा मुसासँग मानिसको सम्पर्क धेरै भएकाले जोखिमलाई नकार्न मिल्दैन । सन् २०१७ मा नेपाल भ्रमण गरेका एक पर्यटकमा संक्रमण पुष्टि भएको थियो । ती व्यक्तिमा हान्ता भाइरस पत्ता लागेको भनेर अनुसन्धान लेख प्रकाशिन भएको थियो । यसले पनि हान्ता भाइरसको जोखिम नेपालमा छ भन्ने संकेत दिन्छ ।

तर भारतमा जस्तै नेपालमा पनि अहिलेसम्म प्रकोपको रुप लिएको पुष्टि भएको देखिँदैन । यो संक्रमण नियमित प्रयोगशाला परीक्षणमा समावेश नगरिने हुँदा हान्ता भाइरसको अवस्था नेपालमा कस्तो छ भन्नेमा अनविज्ञ छौँ ।

अब के गर्न सकिन्छ ?

नियमित परीक्षण र अनुसन्धानलाई नेपालले प्राथमिकता दिनुपर्ने देखिन्छ । सही निदान, रोकथाम र जनचेतनाले संक्रमणको जोखिम घटाउन सक्छ ।

विश्व स्वास्थ्य संगठनको भनाइ हाल डब्लुएचओले हान्ता भाइरसको थप फैलिने जोखिम न्यून रहेको जनाएको छ । तर उच्च मृत्युदरले विश्वभर चिन्ता बढाएको छ ।