र, यही समय हामी होली पर्व मनाउँछौं । रंगै रंगको पर्व, होली । होलीको सांकेतिक अर्थ हो, जीवन पनि होलीको रंगजस्तै रंगीन हुनुपर्छ ।
होली किन मनाउने ?
सामाजिक दृष्टिले, यो एकता र भाइचाराको पर्व हो । सांस्कृतिक कोणबाट हेरौं वा वैज्ञानिक, उत्तिकै अर्थपूर्ण छ, होली । निराशा र उदासीनता त्यागेर जीवनलाई उल्लासमय बनाउने माध्यम पनि हो ।
‘असत्यमाथि सत्यको जीत हुन्छ’ भन्ने पौराणिक सन्देश बोकेको छ होलीले । विष्णुभक्त प्रह्लादलाई आफ्नै पिता हिरण्यकश्यपले मार्ने योजना बनाउँछन् । यसका लागि आगोमा नजल्ने होलिकालाई प्रयोग गरिन्छ ।
प्रह्लादलाई काखमा रखोर होलिका अग्निकुण्डमा होमिन्छन् । तर, अग्नीले होलिकालाई भष्म गर्छ प्रह्लाद जीवित रहन्छ ।
पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका बिजय गरेसँगै होलीको परम्परा सुरु भएको मानिन्छ । खासगरी नेवार समुदायले बसन्तपुर दरबार अगाडि रंगबिरंगी कपडा झुन्ड्याएर बनाइएको तीन छत्रे चीर गाडेपछि विधिवत् होली प्रारम्भ भएको मानिन्छ ।
फागुन शुक्ल अष्टमीमा गाडिने तीर पूणिर्माको रात ढालेर टुँडीखेलमा पोलिएपछि होली समाप्त हुन्छ । भक्तपुरमा जगतप्रकाश मल्लको समयमा वनेको दत्तात्रय मन्दिरसंगै रहेको भैरब मन्दिरमा लिंगको आकृति भएको काठ र रातो कपडाको योनी जुधाएर होलीको सुरुवात गरिन्छ ।
कसरी खेल्ने होली ?
होली मैत्रीपूर्ण हुनुपर्छ । आफन्त, साथीभाइलाई निमन्त्रणा गरेर होली खेल्न सकिन्छ । यसका लागि पूर्व तयारी गर्नैपर्छ । खासगरी खुला स्थानमा होली खेल्नु उपयुक्त हुन्छ । खेल्ने स्थानमा चोटपटक लाग्ने कुनै बस्तु छ/छैन हेर्नुपर्छ ।
गुणस्तरीय एवं सुख्खा अबीरले होली खेल्ने । यसले स्वास्थ्यमा हानी गर्दैन र शरीरमा लागेको रंग हटाउन पनि सजिलो हुन्छ ।
गुणस्तरीहन रंग, मेटालिक रंग प्रयोग नगरौं । कसैले रंग दल्न खोजे आँखा बन्द गर्नुपर्छ । यदि आँखामा रंग पर्यो भने तुरुन्तै सफा पानीले पाखाल्नुपर्छ ।
क्रिमको लेयरले छालालाई रंगको सोझो असर पर्न दिदैन । साथै घामको किरणबाट पनि जोगाउँछ । केसमा तेल लगाउनुपर्छ । महिलाहरुले केस बाँध्नु राम्रो हो ।
केशमा लागेको रंग हटाउनका लागि काइयोले कोरेर स्याम्पु प्रयोग गरी नुहाउनुपर्छ । रंग बिस्तारै हटाउनुपर्छ, छालामा रगड्नु हुँदैन ।