+

गृहिणीलाई हुनसक्छ यी रोगको जोखिम

हड्डी खिइने समस्या

लामो समयसम्म झुकेर काम गर्ने, कडा बलपुर्वक लगातार लामो समयसम्म काम गर्ने अभ्यासले पनि हड्डी खिइन सक्छ ।

   

५० वर्षसम्म पुग्दा फिमेल हार्मोन एस्ट्रोजनको स्तर घट्न थाल्ने भएकाले महिनावारी रोकिएपछि  पनि हड्डी खिइँदै जान्छ ।

मोटोपन

शारीरिक व्यायामको कमी, तनाव, असन्तुलित खानपान लगायतका कारणले गृहिणी हरुमा मोटोपन बढ्छ ।

 

दिनभर भोकै बस्नै अनि बिहान बेलुका चाहिं एकैपटक टन्न खाने बानी र क्यालोरीयुक्त खानपानले पनि मोटोपन हुन सक्छ ।

Advertisement

मधुमेह

महिलामा उमेर बढ्दै जाँदा क्याल्सियमको कमी हुन्छ । शरीरमा यसको कमीले सक्रिय रुपमा सबै अंगले राम्रोसँग काम गर्न सक्दैन ।

   

नतिजा, पेन्क्रियाज नामक ग्रन्थीले काम गर्न नसकी इन्सुलिन बनाउन छाडेर मधुमेहको समस्या हुन्छ ।

उच्च रक्तचाप

उमेर बढ्दै गएपछि प्राकृतिक रुपमै पनि महिलालाई उच्च रक्तचापको समस्या हुन्छ । यसबाहेक मोटोपन र अत्याधिक तनावका कारण गृहिणीमा उच्च रक्तचापको जोखिम बढी हुन्छ ।

डिप्रेसनको जोखिम

हरेक दिन पूरै समय एकैप्रकारको काम गर्नुपर्ने, शारीरिक व्यायामको कमी र असन्तुलित खानपान लगायतका कारणले डिप्रेसन हुनसक्छ । कतिपयलाई एकै खालको व्यस्त दैनिकीले जीवनप्रति उत्साह कम भई डिप्रेसन हुनसक्छ ।

दम

ग्रामीण भेगमा अहिले पनि दाउरा, छ्वाली बालेर खाना पकाइन्छ । यसबाट निस्किने धुवाँले गृहिणीलाई दम वा श्वासप्रश्वाससम्बन्धी रोगले सताउँछ । आगोको धुँवामा बस्ने गृहिणीलाई क्रोनिक ब्रोन्काइटिस रोगको जोखिम उच्च हुन्छ ।