+

पर्फ्युमको प्रचलन कसरी सुरु भयो ? यी हुन् चल्तीका ५ ब्रान्ड

मानव सभ्यताको सुरुवातदेखि नै सुगन्धप्रति आकर्षण रहँदै आएको छ । सुगन्धले हाम्रा भावनालाई प्रभावित गर्छ, सम्झनाहलाई जीवन्त बनाउँछ र व्यक्तित्वलाई अभिव्यक्त गर्छ ।

पर्फ्युमको इतिहास झन्डै ४,००० वर्ष पुरानो मानिन्छ। यसको सुरुवात प्राचीन मेसोपोटामियाबाट भएको मानिन्छ, जहाँ सुगन्धित धूप जलाउने प्रचलन थियो। तर, पर्फ्युमको वास्तविक प्रचलनको श्रेय प्राचीन इजिप्टलाई दिनुपर्छ ।

Advertisement

इजिप्टवासीहरूले धार्मिक अनुष्ठान र मृत शरीरको संरक्षणका लागि सुगन्धित तेल र मलहम प्रयोग गर्थे। उनीहरूले मिर्र, फ्रान्किन्सेन्स र गुलाबजस्ता प्राकृतिक सामग्रीबाट सुगन्ध निकाल्थे। क्लियोपाट्राले आफ्नो सौन्दर्य र आकर्षण बढाउन सुगन्धको प्रयोग गरेको कथा इतिहासमा प्रसिद्ध छ ।

सन् १८८९ मा गुएरलेनले जिकी’ नामक पर्फ्युम बजारमा ल्यायो, जुन पहिलो आधुनिक पर्फ्युम मानिन्छ । त्यसपछि सन् १९२१ मा च्यानल नं. ५ को आगमनले पर्फ्युमलाई विश्वव्यापी पहिचान दिलायो ।

पर्फ्युम केबल सुगन्ध मात्र होइन, यो संस्कृति र पहिचानको हिस्सा पनि हो। भारत र नेपालमा सुगन्धित धूप र तेलको प्रयोग धार्मिक प्राचीनकालदेखि हुँदै आएको छ।

विश्वमै चर्चित पर्फ्युमका केही ब्रान्ड

च्यानल

च्यानल नं. ५ संसारको सबैभन्दा चर्चित पर्फ्युम हो। यो सुगन्ध महिलाहरूको शक्ति र सुन्दरताको प्रतीक मानिन्छ ।

क्रिड

२५० वर्षभन्दा पुरानो यो ब्रान्ड हस्तनिर्मित र प्राकृतिक सुगन्धका लागि प्रसिद्ध छ। ‘एभेन्टस’ यसको लोकप्रिय उत्पादन हो ।

डायर

जे’अडोर र साउभेज जस्ता पर्फ्युमले डायरलाई फेसन र सुगन्धको पर्याय बनाएको छ ।

टम फोर्ड

आधुनिक र बोल्ड सुगन्धका लागि यो ब्रान्ड चर्चित छ । ‘ओउड वुड’ र ‘नोइर डे नोइर’ यसका उदाहरण हुन् ।

गुरलेन

परम्परा र नवीनताको संयोजन गर्ने यो ब्रान्डको ‘शालिमार’ अझै पनि सदावाहर मानिन्छ ।