+

बियरले कसरी स्वास्थ्यमा असर पार्छ ?

अनावश्यक तौल बढाउँछ

बीयरले मा क्यालरीको मात्रा अत्याधिक हुन्छ । नियमित रुपमा बियर पिउँदा शरीरमा बोसोको मात्रा बढ्छ । विशेष त पेट वरपरको भाग बढी बढेको देखिन्छ ।

कलेजोमा असर

बियर अत्याधिक पिउँदा कलेजोमा दवाव बढ्छ । त्यसकारण कलेजो सुनिन्छ। जसलाई फ्याटी लिभर भनिन्छ । भविष्यमा यो समस्या गम्भीर बन्न सक्छ ।

Advertisement

डीहाइड्रेशन

बियर एक डाययुरेटिक हो। अर्थात्, पटक पटक पिसाब आएर शरीरमा पानी पुग्दैन। अनि डीहाइड्रेशन बढ्छ । जसले टाउको दुखाई बढ्छ ।

मिर्गौलाको समस्या

लगातार र अत्याधिक पिउँदा मिर्गौलामा समस्या हुन्छ । जसले मिर्गौलामा समस्या हुने डर हुन्छ ।

पोषक तत्वको कमी

बढी बियर पिउँदा खानाबाट शरीरको लागि आवश्यक पोषक तत्व राम्रोसँग ग्रहण हुन पाउँदैन । जसले गर्दा शरीर कमजोर हुनसक्छ ।

निन्द्रामा समस्या

बियर पिउँदा एकैछिनमा निद्रा लागे जस्तो भए पनि अवरोध आइरहन्छ । निद्राको गुणस्तर बिग्रिन्छ । जसले अर्को दिन पनि शरीरलाई उर्जा पुग्दैन ।

मस्तिष्कमा असर

बियरको मात्रा धेरै हुँदा स्मरणशक्ति, सोच्ने क्षमतामा असर पर्छ । डिप्रेसन र एन्जाइटी हुने सम्भावना बढ्छ ।