
थेटा वेस
'ॐ' उच्चारण गर्दा मस्तिष्कमा हुने थेटा 'ब्रेन वेस' उत्पन्न हुन्छ । जुन गहिरो ध्यान र मानसिक शान्तिसँग सम्बन्धित हुन्छ ।

'एमिगडाला' शान्त हुन्छ
मस्तिष्कमा हुने 'एमिगडाला' डर र तनावको केन्द्र हो । 'ॐ' को ध्वनिले यसको गतिविधि कम हुन्छ । जसले मस्तिष्कलाई शान्त पार्छ ।

स्नायु प्रणालीमा सकारात्म प्रभाव
दिमागमा हुने 'भेगस नर्भस'लाई 'ॐ' को ध्वनिले सक्रिय पार्छ। यो सक्रिय रहंदा तनाव हर्मोन कोर्टीसोललाई बढ्न दिदैंन। मस्तिष्कलाई आराम दिएर शान्त पार्न मद्दत गर्छ ।

सासको लय सन्तुलित हुन्छ
'ॐ' को उच्चारण विस्तारै लामोसमयसम्मको लागि गरिन्छ। जसले सासको लयलाई नियन्त्रित र गहिरो पार्छ । यसले दिमागको अक्सिजनमा गहिरो प्रभाव पार्छ ।

साउन्ड थेरापी
'ॐ' बाट निस्किने ध्वनिको दुई देखि तीन फ्रीक्वेन्सी मस्तिष्कमा पुग्छ । जुन वैज्ञानिकले प्रणामित गरिसकेका छन् । ऊँ को ध्वनी ४३२ मेगा हर्ज वा ५२८ फ्रीक्वेन्सीसम्म हुन्छ । जसलाई हिलिङ्ग फ्रीक्वेन्सी मानिन्छ ।

मुटुको गति स्थिर बनाउँछ
नियमित 'ॐ' जप्दा मुटुको गति कम हुन्छ । मुटुको गति कम भएमा रक्तचाप पनि सन्तुलनमा रहन्छ ।

इन्डोर्फिन स्राव हुन्छ
'ॐ' जप्ने मात्र होइन सुन्दा पनि दिमागमा इन्डोर्फिन हर्मोन स्राव हुन्छ । जसले दिमागलाई खुसी पार्छ । र, तन र मन दुवै हल्काको अनुभूति हुन्छ ।

माइन्डफुलनेसलाई बढावा दिन्छ
'ॐ' को उच्चारणले व्यक्तिलाई वर्तमान क्षणमा ल्याउँछ । जसले ध्यान केन्द्रित गराउन सघाउँछ । र, मनमा चलेको विचलनलाई घटाएर दिमाग शान्त पार्छ ।