+

जाडोमा स्वास्थ्य समस्या, कसरी बच्ने ?

मौसमी रुघाखोकी

जाडोमा इन्फ्लुएन्जाका कीटाणु र भाइरसहरू बढी सक्रिय हुन्छन् । जसका कारण प्रतिरोधात्मक कम भएका, बालबालिका, वृद्ध र चिसोमा काम गर्नेलाई रुघाखोकी लाग्ने सम्भावना रहन्छ ।

दम

जाडो मौसममा धेरैमा दम बढेको महसुस भएको हुन सक्छ । यस्तोमा चिसो र सुख्खा हावाले मुख हुँदै फोक्सोमा जाने वायुमार्गलाई कस्न थाल्छ र श्वासप्रश्वासलाई अझै खराब बनाउँछ ।

Advertisement

निमोनिया

यो मौसममा खास गरी बच्चा र वृद्धवृद्धा निमोनियाको उच्च जोखिममा हुन्छन् । निमोनिया हुँदा धेरै ज्वरो आउने, थकान महसुस हुने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिन्छ ।

छाला सुख्खा हुने

चिसो समयमा सामना गर्ने सबैभन्दा आम समस्यामध्ये एक छाला चिलाउने र सुख्खा हुने पनि हो । चिसोमा कम आद्रताको कारण छाला चिलाउन र सुख्खा हुन थाल्छ ।

जोर्नी दुखाई

चिसो मौसममा जोर्नीको दुखाईबाट धेरै मानिसह पीडित हुन्छन् । यसबाट राहत पाउनको लागि सबैभन्दा पहिले आफ्नो शरीर र खुट्टालाई न्यानो राख्नुपर्छ ।

टन्सिलाइटिस

टन्सिल पनि जाडोमा निम्तिने समस्या हो । चिसोका कारण टन्सिलको समस्या बढ्न सक्छ ।

हृदयघात

जाडोमा हृदयघातको जोखिम पनि बढ्छ । विशेषत मुटु तथा उच्च रक्तचाप भएकाहरुमा तापक्रममा आएको गिरावटले रक्तनली साँघुरिने र मुटुमा रगत पम्प गर्न गाह्रो हुने हुन्छ ।

कसरी बच्ने ?

न्यानो लुगा लगाउने, सुत्नुअघि मोस्चराइजर लगाउने, पानी प्रशस्त पिउने, सवारी चलाउनेले चेस्ट गार्ड र हावा नछिर्ने ज्याकेटको प्रयोग गर्ने, स्वस्थ खानेकुरा खाने, बिहानीको घाममा बस्ने, इन्फ्लुएन्जा खोप लगाउने ।