+

सोफा कस्तो किन्ने ?

बजारमा थरीथरीका सोफा पाइन्छन् । सोफा खरिद गर्दा धेरैले बाहिरी आकर्षणलाई नै ध्यान दिएको पाइन्छ । तर सोफाको आवरणभन्दा पनि त्यसमा प्रयोग गरिएका सामग्री कस्ता छन् त्यो महत्वपूर्ण हुन्छ ।

सोफामा काठ, कपडा र फाइबर (फम) मुख्य रुपमा प्रयोग हुने सामग्री हुन् । यसले नै सोफाको गुणस्तर कस्तो छ भन्ने कुरा निर्क्योल गर्छ । प्रायजसो सोफामा पनि सिसौको काठ हाल्दा टिकाउ हुन्छ ।

Advertisement

सिसौको काठ उपलब्ध हुन नसकेमा उत्तीसको एक इन्च बाक्लो काठ प्रयोग गर्दा राम्रो हुन्छ । त्यस्तै कपडामा लेदर, रेग्जिन, कटन, सिल्क, लिनेन र सिन्थेटिक फेब्रिकमा एक्रेलिक प्रयोग गर्न सकिन्छ । त्यस्तै फम पनि थुप्रै खालका हुन्छन् । सामान्यतया ६ इन्च ५० डेन्सिटी (घनत्व) भएको फम राम्रो मानिन्छ ।

एम कर्नर सोफा

प्राय: यो कर्नरमा राख्ने गरिन्छ । यसमा दुईवटा सोफा जसमा एउटामा दुईजना र अर्कोमा तीन जना बस्न मिल्छ । साथै यसमा चारवटा टुल हुन्छन् । यसको मूल्य ३० हजारदेखि सुरु हुन्छ । यसबाहेक यु र एल आकारको सोफा पनि पाइन्छ ।

डबल ब्याग कर्नर सोफा सेट

यो बजेट फ्रेन्डली कर्नर सोफा हो जसमा दुईवटा सोफा र चारवटा टुल समावेश हुन्छन् । सानो कोठा वा परिवारका लागि उपयुक्त, सरल र आरामदायी डिजाइनमा तयार हुन्छ । यसको मूल्य ३० हजारदेखि सुरु हुन्छ ।

यु-शेप सेक्सनल कर्नर सोफा

यो यु आकारको विस्तारित कर्नर सोफा हो जसमा ६-९ जना बस्न सक्छन् । ठूलो लिभिङ रुममा राम्रो देखिने, लग्जरी फेब्रिक वा लेदर अप्सन छ । ९० हजारदेखि २ लाखसम्मका प्रिमियम संस्करणहरू छन् ।

कलरफुल प्रिन्टेड वन सिटर आर्मचेयर

यो स्टाइलिस प्रिन्टेड फेब्रिकको एक सिटर हो जसमा ब्राइट कलर र युनिक डिजाइनमा तयार हुन्छ । यूवाले रुचाउने यो सोफाको फेब्रिकले घरलाई जीवन्त बनाउँछ । यसको मूल्य १५ हजारदेखि ३५ हजारसम्म उपलब्ध हुन्छ ।