आउटडोर खेल खेल्न प्रोत्साहन गर्ने
शारीरिक रूपमा सक्रिय बनाउन दैनिक कम्तीमा एक घण्टा खेलकुद वा बाहिरी गतिविधिमा संलग्न गराउनु उपयुक्त हुन्छ । साइक्लिङ, दौड, स्वीमिङ तथा अन्य रमाइला खेल खेल्न प्रोत्साहन गर्नुपर्छ ।
स्क्रिन समय सीमित गर्ने
टिभी, मोबाइल धेरै हेर्दा बच्चाहरू निष्क्रिय हुन्छन् र यसको असर तौलमा देखिन्छ । सक्रिय बनाउन बच्चाको स्क्रिन एकदेखि दुई घण्टामा सीमित गरेर बाँकी टाइममा बाहिर खेल्न पठाउने वा अभिभावक बालबालिकासँग खेल्न सक्छन् ।
खाना खाने तरिका सुधारौं
परिवारसँगै राखेर खाना खाने बानीको विकास गर्नुपर्छ । परिवारसँगै खाना खाँदा बच्चाहरू खानामा केन्द्रित हुन्छन् । सधैं खानेकुरा खाने निश्चित तालिका बनाउनुपर्छ ।
पर्याप्त निद्रा
बालबालिकालाई ७-८ घण्टा पर्याप्त सुत्न सल्लाह दिनुपर्छ । यसले बालबालिकाको तौल नियन्त्रण मात्रै गर्दैन, उनीहरूलाई ताजा र सक्रिय महसुस गराउँछ ।
पर्याप्त पानी पिउनुको महत्त्व बुझाऊँ
धेरैजसो बच्चा चिनीयुक्त पेय पदार्थ, जस्तै सोडा, जुस पिउन रुचाउँछन्, जसले तौल बढाउँछ । स्वास्थ्य रहन यस्ता पेय पदार्थको विकल्पमा बच्चालाई पानी पिउन प्रोत्साहन गर्नुपर्छ ।
स्वस्थकर आहारको महत्त्व बुझाऔं
बजारको खानेकुराले तौल बढी र पोषण कम गराउँछ । घरमै पकाएको खाना खुवाउँदा बच्चाले राम्रो पोषण पाउँछन् र उनीहरूको रोगप्रतिरोधात्मक क्षमता पनि राम्रो हुन्छ ।