+

बच्चाको ढिला सुत्ने बानी कसरी हटाउने ?

खानपानमा ध्यान दिने

बच्चाको बेलुकाको खानालाई सधैं हल्का बनाउनुपर्छ । सूर्यास्त हुने बित्तिकै हल्का खाना खुवाउनाले आरामको अनुभूति गराउने र सजिलै निदाउन मद्दत हुन्छ ।

स्क्रिन समयमा ध्यान दिनुहोस्

स्क्रिनबाट नीलो प्रकाशले बालबालिका र वयस्कहरूको निद्रामा बाधा पुर्‍याउँछ । त्यसैले बच्चालाई सुत्नुभन्दा कम्तीमा एक घण्टा अगाडि स्क्रिनबाट टाढा राख्नुपर्छ ।

Advertisement

सुत्नु अघि दुध नदिने

सुत्नु अघि दुध नदिएको राम्रो हुन्छ। दुध खाने बितिकै सुत्दा पेटमा समस्या भै निद्रा नलाग्न सक्छ । दूध खुवाउने सबैभन्दा राम्रो समय साँझ ४ देखि ६ बजेसम्म हो ।

सुत्ने समयको तालिका बनाउनुहोस्

सुत्नु भन्दा कम्तीमा ३० मिनेट पहिले बच्चालाई किताबहरू पढाउन लगाउने, कथाहरू सुनाउने गर्ने हो भने उनीहरूमा छिटो सुत्ने बानी पर्छ । यसबाट उनीहरू मानसिक र शारीरिक रूपमा सुत्न तयार हुन्छन् ।

सुत्नुअघि ठट्टा नगर्ने

बच्चासँग सुत्नुअघि खेल्ने वा ठट्टा गर्ने जस्ता गतिविधि गर्नु हुँदैन । यसले बच्चाको दिमाग सक्रिय रहन्छ र उनीहरू निदाउन चाहँदैनन् ।