+

बच्चाको मोबाइल हेरेर खाना खाने बानी कसरी छुटाउने ?

विस्तारै स्क्रिन समय घटाउने

बच्चाले आधा घण्टासम्म फोन प्रयोग गर्छ भने उसलाई १५ मिनेटको लागि फोन देखाएर यसलाई बन्द गरिदिनुपर्छ । विस्तारै स्क्रिन टाइमलाई घटाएर १० देखि ५ मिनेट गर्न सकिन्छ ।

आफू पनि मोबाइल, टिभी नहेर्ने

अभिभावकले नै टेबुलमा फोन राखेर बस्छन् वा आफैं फोनमा व्यस्त हुन्छन् भने बच्चा पनि फोनबाट टाढा हुँदैनन् । त्यसैले आफ्नो बच्चाका लागि राम्रो उदाहरण बन्ने प्रयास गर्नुपर्छ र आफूलाई फोनबाट टाढा राख्नुपर्छ ।

Advertisement

बच्चालाई खाना खुवाउन गाह्रो नमान्ने

आमाबाबुले आफ्ना बच्चालाई खुवाउने कामलाई गाह्रो कामको रूपमा लिन्छन् ।बच्चालाई खुवाउँदा, उनीहरूसँग जोडिने प्रयास गर्नुपर्छ र एकअर्कासँगको साथको आनन्द लिनुपर्छ ।

बच्चासँगै खाना खाने

बालबालिकालाई एक्लै खान मन पर्दैन, जसकारण उनीहरूमा टिभी हेरेर खाने बानी बस्छ । यस बानीबाट छुटकारा पाउन अभिभावकले पनि आफ्नो बच्चासँगै बसेर खाना खाने बानी विकास गर्नुपर्छ ।

सुरुमा मनपर्ने खाना दिने

खाना खाँदा टिभी हेर्ने बानीबाट छुटकारा दिलाउन, सुरुमा उनीहरूलाई मनपर्ने खाना दिनुपर्छ । त्यसपछि विस्तारै उनीहरूलाई सन्तुलित खाना दिनुपर्छ ।

धैर्य र तयार रहने

खानाको कुरा गर्दा बच्चाको व्यवहारमा अचानक परिवर्तन हुन्छ, त्यसैले उनीहरूलाई खुवाउँदा सधैं धैर्य गर्नुपर्छ । बच्चाले खाना खान अस्वीकार गर्छ वा जिद्दी गर्छ भने उसको जिद्दीलाई मान्नुहुँदैन र आत्मनियन्त्रण कायम राख्नुपर्छ ।