 
                            अहिले मेकअप गरेर पनि नेचुरल देखाउने लुक ट्रेन्डमा छ । जसले अनुहारलाई मेकअप गरेर सदाबाहर फ्रेस र नेचुरल देखाउँछ ।
 
                            अनुहार प्राकृतिक रुपमा राम्रो देखिन अनुहारको छाला स्वस्थ र चमकदार हुन आवश्यक छ । त्यसको लागि सधै छाला सफा राख्ने र मोस्चोराइजर लगाउने र घामबाट बच्नुपर्छ ।
                                Advertisement
                            
                                                                
                                                                
                                                                 
                            आँखाको मुनि डार्क सर्कल छ भने कन्सिलरको प्रयोग गर्नुपर्छ । यसलाई डार्क सर्कल मुनि हल्का लगाउन सकिन्छ ।
 
                            आइब्रोलाई एक ब्रस लिएर हल्का आइब्रो जेलले सेट गर्न सकिन्छ । यसले आइब्रोलाई निखार ल्याउँछ । अनुहारलाई छुटै प्रकारको राम्रो देखाउँछ ।
 
                     
                             
                             
                             
                             
                             
                            