+

जाडोमा कब्जियतबाट कसरी बच्ने ?

दिसा गर्ने समय तालिका निश्चित गर्ने

हरेक दिन एकै समयमा दिसा भएमा सोही अनुसार दिसा लाग्ने हुन्छ । तर दिसा गर्ने समय अनियमित भएमा कहिले छिटो त कहिले दिसा नै नलाग्ने पनि हुन्छ । त्यसैले निश्चित समयमा शौचालय जाने बानी बसाउनु जरुरी छ ।

पर्याप्त पानी पिउने

विकारको रुपमा जम्मा भएको पदार्थलाई शरीरबाट बाहिर निष्कासन गर्न पानीले सहयोग गर्छ । पानी दैनिक शरीरलाई चाहिने जति पिउने गरेमा दिसा कडा हुँदैन ।

Advertisement

शरीरलाई सक्रिय राख्ने

शरीरलाई जति सक्रिय राख्न सकिन्छ, भित्री अंगहरुको कार्य संचालन पनि उत्तिकै राम्ररी हुन सक्छ । पाचन प्रक्रियादेखि मल निष्कासनसम्मका लागि शारीरिक गतिविधिले राम्रो भूमिका खेल्ने हुँदा सक्रिय रहनुपर्छ ।

फाइबरयुक्त खाना

पाचन प्रक्रियालाई सहज बनाइ सहज शौचका लागि फाइबरयुक्त खानेकुराको महत्वपूर्ण भूमिका हुन्छ । त्यसैले कब्जियतबाट बच्नका लागि खानामा सलाद, सागपात, गेडागुडी र फलफूल  फाइबरयुक्त खानेकुरा अनिवार्य गर्नुपर्छ ।

पर्याप्त निद्रा

अनिद्राको कारण पनि दिसा गर्ने समय अनियमित भै कहिले दिसा लाग्ने र कहिले नलाग्ने हुन्छ । त्यसैले पर्याप्त निद्रा लिनुपर्छ । यदि निद्रामा समस्या भए त्यसका लागि आवश्यक समाधान खोज्नुपर्छ ।

तनाव व्यवस्थापन

मानसिक चिन्ता, तनावको कारण कब्जियत हुनसक्छ । तनावले सताइरहन्छ भने चिकित्सकको परामर्श लिई समाधान खोज्नुपर्छ ।