+

सेतो सर्टलाई फरक शैलीमा कसरी लगाउने ?

सेतो सर्टलाई आफ्नै तरिकाले स्टाइल गर्छन्, या त ब्लेजरमुनि लगाउँछन् वा फर्मल प्यान्टसँग । यी मात्र होइन, आजभोलि विभिन्न तरिका ट्रेन्डमा छन्, जसले तपाईलाई स्मार्ट देखाउँछ ।

स्कर्ट र सर्ट

सेतो सर्टलाई प्लेटेड स्कर्टसँग लगाउनाले नब्बेको दशकको लुक पाउन सकिन्छ र समग्र गेटअप एकदमै राम्रो देखिन्छ । यस संयोजनमा केही रङ थप्नका लागि चम्किलो ब्याग बोक्ने र सेतो वा कालो कलरको हिल लगाउन सकिन्छ ।

Advertisement

ओभर कोटको रूपमा

जिन्ससँग टि–सर्ट लगाएर त्यसमाथि ओभर कोटको रूपमा सेतो सर्ट पनि लगाउन सकिन्छ । गर्मीमा सेतो सर्टले यसलाई पूरक बनाउन सकिन्छ ।

प्लाजोसँग सेतो सर्ट

सेतो सर्टलाई कालो र सेतो प्लाजोसँग पनि स्टाइल गर्न सकिन्छ । यसरी आकर्षक क्याजुअल लुक्स पाउन सकिन्छ । प्लाजो लुक्सलाई हाइ हिल वा स्नीकर्ससँग क्यारी गर्न सकिन्छ ।

वानपिस ड्रेसका रुपमा

यदि घुँडा भन्दा माथिको वानपिस ड्रेस लगाउन मनपर्छ भने सेतो सर्टलाई वानपिसको रुपमा पनि लगाउन सकिन्छ । यसका लागि एउटा लामो सेतो सर्ट लिनुपर्छ । सर्टलाई लगाएर त्यसमा छातीमुनि चौडा बेल्ट लगाउन सकिन्छ । यसो गर्दा सर्ट वानपिस ड्रेस जस्तो देखिन्छ ।

अफसोल्डर टप

सेतो सर्टलाई काँधभन्दा तल झारेर अफसोल्डर टपको रुपमा पनि लगाउन सकिन्छ । सुरुमा सर्टको माथिल्लो बटन खोलेर त्यसलाई काँधबाट तल तान्नुपर्छ । यसो गर्दा सर्ट अफ–सोल्डर टप जस्तो देखिन्छ । यसलाई जिन्स प्यान्ट वा स्कर्टसँग म्याच गरेर लगाउन सकिन्छ ।