+

कानेगुजीले फाइदा गर्छ, कसरी ?

कानमा कानेगुजी हुनुपर्छ

कानेगुजीले कानको भित्री सुरक्षा गर्छ । यसले कानको जालीमा हुनसक्ने सम्भावित चोटबाट पनि बचाउँछ ।

बाहिरी फोहोर र किरा पस्न दिदैन

कहिलेकाहीँ कानमा किरा पस्ने वा बाहिरी फोहोर पस्न सक्छ । त्यसले कानको जालीमा असर गर्ने जोखिम हुन्छ । कानेगुजीले जालीमा हुनसक्ने क्षति रोक्छ ।

Advertisement

सानोतिनो संक्रमण निको बनाउँछ

कानमा हुनसक्ने सानोतिनो संक्रमण कानेगुजीमा हुने प्राकृतिक एन्टीबायोटिक र एन्टी फंगल तत्वले निको पार्छ ।

कान आफैं सफा हुने प्रक्रियामा सहयोग गर्छ

जिब्रो चलाउँदा वा चपाउँदा कानको मैलो बिस्तारै बाहिरतिर सर्छ र त्यससँगै फोहोर तथा मृत छालाका कोषहरू पनि बाहिर निस्कन्छन् ।

सामान्य मात्रामा कानको मैलो हुनु कानको प्राकृतिक सुरक्षा प्रणाली ठीकसँग काम गरिरहेको संकेत हो। तर धेरै जमेर सुनाइ कम हुनु, दुखाइ वा दुर्गन्ध आउनु भने चिकित्सकलाई देखाउनुपर्ने अवस्था हुन सक्छ।