 
                            हाँस्ने अनेक बाहना
हाँसो नै उठेन भने पनि कुनै न कुनै निहुँ बनाएर मस्त हाँस्न सकिन्छ । यसले मनोविकार हटाउँछ । चिन्ता, तनाव, पीडा र नकारात्मक भाव आउन दिँदैन ।
                                Advertisement
                            
                                                                 
                            रक्त संचार बढाउँछ
खुलेर हाँस्दा शरीरमा रक्त प्रवाह राम्ररी हुन पाउँछ । जब हामी हाँस्छौ, शरीरमा अक्सिजन पुग्छ । अक्सिजनले मुटुको पम्प रेटलाई ठिक राख्न मद्दत गर्छ ।
 
                            प्रतिरक्षा प्रणाली बलियो पार्छ
हाँस्दा प्रतिरक्षा प्रणाली बलियो हुन्छ । यसले हामीलाई विभिन्न रोगसँग लड्न सहयोग गर्छ । स्वास्थ्य जीवनका लागि हाँस्नैपर्छ ।
 
                            अनिद्राको समस्या कम
यदि अनिद्राको समस्या छ भने खुब हाँसौ । यसले शरीरमा मेटलाटोनिन नामको हर्मोन बढाउँछ । यो हर्मोनले निन्द्रा लाग्न सहयोग गर्छ ।
 
                            मुटुलाई फाइदा
हाँस्दा मुटुले राम्ररी काम गर्न पाउँछ । नियमित रुपले हाँस्दा हृदयघातको खतरा रहँदैन । हृदयसँग सम्बन्धित रोग पनि लाग्दैन ।
 
                     
                             
                             
                            