लिपोसक्शन के हो?
शरीरको अनावश्यक बोसो निकाल्ने शल्यक्रिया हो । यो शल्यक्रियाके व्यायाम–डाइटले नहटेको स्थायी बोसो हटाउँछ। र, यो पेट, जाँघ, कम्मर लगायत ठाउँमा गरिन्छ ।
कसले गर्न मिल्छ ?
उपयुक्त: सामान्यतया स्वस्थ व्यक्ति जसको तौल लक्ष्य तौलको नजिक छ, जो अनावश्यक बोसो हराउन चाहन्छन्; छालाको इलास्टिसिटी राम्रो भएको मान्छेमा परिणाम राम्रो आउँछ ।
बढी जोखिम हुने समूह
गम्भीर मुटु/फोक्सो/मिर्गौलामा समस्या, धुम्रपान गर्ने व्यक्ति, ठूलो मात्रामा बोसो हटाउनुपर्ने केस भएमा चिकित्सकले गम्भीरता हेरर शल्यक्रिया गर्ने नगर्ने निर्णय लिन सक्छन् ।
कानुनी/नैतिक उमेर
धेरै ठाउँमा १८ वर्ष वा माथि हुँदा मात्र सामान्यतया गरिन्छ, तर शल्यचिकित्सकले मानसिक/शारीरिक परामर्श अनुसार निर्णय गर्छन् ।
साइड इफेक्टहरू र जोखिम
सामान्य: दुखाइ र र शल्यक्रिया गरेको भागको छाला सातादेखि महिनासम्म सुन्निन सक्छ । जोखिम कम गर्न प्रमाणित सर्जन, उपयुक्त प्रारम्भिक जाँच र एकैदिनमा धेरै ठूलो मात्रा निकाल्न नदिनु नै सुरक्षित अभ्यास हो ।
कसरी गर्ने ?
सानो चिरा पारेर क्यानुला नामको ट्युबले बोसो सोस्छ, एनेस्थेसिया दिएर १–२ घण्टा भित्र प्रक्रिया सम्पन्न हुन्छ । केही दिन आराम चाहिन्छ ।