+

युट्युब च्यानल चलाउनुहुन्छ ? नगर्नुहोस् यी गल्ती

आपत्तिजनक तथा घृणा फैलाउने सामाग्रीबाट बच्नुहोस्

युट्युबमा आपत्तिजनक र समाजमा घृणा फैलाउने विषयवस्तु बनाएर हाल्नु हुँदैन । पहिलोपटक यस्तो गल्ती गरेमा युट्युबले नगर्न सूचित गर्छ । दोस्रोपटकमा युट्युब च्यानलाई ‘स्ट्राइक’  प्राप्त हुन्छ । युट्युब च्यानलमा तीनवटा ‘स्ट्राइक’ आएमा सधैंका लागि बन्द गरिनेछ ।

युट्युबका नियमलाई विचार गर्ने

भिडियो अपलोड गर्दा युट्युबका सबै निर्देशिकालाई ध्यानपूर्वक पढ्नुपर्छ। यो प्लाटफर्ममा के गर्न सकिन्छ ? के सकिंदैन  ? भनेर प्रष्ट रुपमा उल्लेख छ । नियमको उल्लंघन गर्नु च्यानलका लागि भारी पर्ने मात्र होइन, सदाको लागि अकाउन्ट बन्द हुनसक्छ ।

Advertisement

अश्लील सामाग्रीबाट टाढै रहने

गीत, कमेडी तथा अन्य प्रकारका भिडियोहरु अपलोड गर्नु सामान्य कुरा हो । तर अश्लील सामग्री पोस्ट गर्न भने सख्त मनाही छ ।

   

कपिराइट नियमहरुको उल्लंघन नगर्ने

अनुमति बिना कुनै गीत, भिडियो क्लिप वा अन्य प्रतिलिपि अधिकारयुक्त सामग्रीको प्रयोग गरेमा युट्युबको कपिराइट नियमको उल्लंघन मानिन्छ । यसको सिधा नतिजा भनेको च्यानल निलम्बन वा बन्द  हुनु हो ।

धार्मिक भावनाहरुमा चोट पुर्‍याउने भिडियो नराख्ने

युट्युबमा धार्मिक भावनाहरुमा ठेस पर्‍याउने कुनै पनि प्रकारका भिडियोहरु पोस्ट गर्नबाट जोगिनुपर्छ। नत्र, अकाउन्ट बन्द हुनसक्छ ।