एउटा नायकको पर्दापण
अहिले नेपाली सिनेमामा एउटा नायकको पर्दापण भएको छ, समीर भट्ट । चलचित्र ‘१२ गाउँ’ बाट उनले डेब्यु गरेका हुन् ।
बुवा छोरा एकसाथ
जगजाहेर छ, उनी अभिनेता विराज भट्टका छोरो हुन् । विराजले छोरोलाई ‘१२ गाउँ’मा ब्रेक दिएका हुन् ।
Advertisement
ट्रेलर सार्वजनिक भएसँगै चर्चा
फिल्म ‘१२ गाउँ’को ट्रेलर सार्वजनिक भएसँगै समीरको चर्चा चुलिएको छ । बुवा जस्तै एक्सन अवतारमा उनलाई रुचाइएको छ ।
बुवाप्रति कृतज्ञ
उनले आफूलाई यो अवस्थासम्म ल्याउन बुवा विराज भट्टले दर्बिल साथ दिएको बताएका छन् । उनले भनेका छन्, ‘‘म अहिले पनि बिराज भट्टको छोरा हो । म सँधै विराज भट्टकै छोरा रहनेछु । घाटा त म केही पनि देख्दिन । म फाइदै फाइदा देख्छु किनभने, उहाँ मेरो बुवा पनि हो ।’