+

सप्तरंगी पर्व तिहार किन विशेष ?

लक्ष्मी पूजा

तिहारमा धन–ऐश्वर्यकी देवी लक्ष्मीको पूजा–आरधाना गरिन्छ । गाईको गोबरले घर-आगँन लिपपोत गरेर, सबैतिर गहुँत छर्किएर घरलाई पवित्र बनाउने गरिन्छ । बहुगुणी प्राणी गाईको गोबरले पिपपोत गरेर, गहुँत छर्किएर पवित्र बनाइसकेपछि फूलमाला, धूपबत्ती बालेर लक्ष्मीको पूजाआजा गरिन्छ ।

सायपत्री र मखमली

तिहारको विशेष फूल हुन्, सायपत्री र मखलमी । यी फूल लामो समयसम्म टिक्ने भएकाले आफ्ना माइतीको यश, आयु पनि लामो समय कायम रहोस् भनी प्रतिकात्मक रुपमा सायपत्री र मखमलीको प्रयेग गरिन्छ ।

Advertisement

दियो पाला

तिहार दियो बत्ती बालेर औंसीको कालो रातलाई जित्ने यो एक प्रतिकत्मक उत्सव पनि हो | यी दिनमा दियो पालामा दियो बत्ती बालेर निरासा, भय आदिलाई हटाउनुपर्छ भन्ने संकेत गरिएको पनि मानिन्छ ।

सेलरोटी

तिहारको विशेष परिकार हो, सेलरोटी । तिहारमा यस्ता घर सायदै होलान्, जहाँ सेलरोटी पाक्दैन । चेलीले माइतीलाई ख्वाउने मीठोमसिनो परिकारमा सेलरोटी अनिवार्य हुन्छ ।

देउसी भैलो

देउसी र भैलोले नै तिहारलाई अरु रंगीन बनाउँछ । धार्मिक कथन अनुसार अयोध्यावासीले आफ्ना परम प्रिय राजाको आगमनमा खुसियाली मनाउने क्रममा देउसी भैलोको प्रचलन सुरु भएको हो । त्यसबेला घर-घरमा दियोबत्ती बालेर ‘देव श्रीराम’ भनिएको र यसलाई नै अहिले आएर ‘देउसिरे’ भन्न थालिएको बताइन्छ ।

पशुपंक्षी पूजा

तिहारमा पशुपंक्षीको समेत पूजाआजा गरिन्छ । जस्तो काग पूजा, कुकुर पूजा, गाई पूजा, गोरु पूजा । यी पशुपंक्षीहरुको विशेषता अनुरुप विभिन्न प्रतिक मानेर पूजाआजा गरिन्छ ।