+

स्कार्फ : चल्तीका ७ स्टाइल

ट्रयान्गल स्कार्फ हेयरस्टाइल

युवतीहरुमा ट्राइगल स्कार्फ हेयर स्टाइल एकदमै ट्रेन्डमा छ । यो स्टाइल खुल्ला स्ट्रेट कपालमा अपनाउन सकिन्छ। चिल्लो वा रुखो कपाललार्ई लुकाउन मद्दत गर्नुका साथै निकै स्टाइलिस लुक पनि दिन्छ ।

हेयरब्यान्ड ब्रेडसँग स्कार्फ

यो हेयरस्टाइल देख्दा जटिल लाग्न सक्छ, तर तयार गर्न निकै सजिलो नै हुन्छ । यसमा बाटेको कपाललाई हेयरब्याड ल्याएर पातलो स्कार्फलाई दोबरेर बाँध्नुपर्छ ।

Advertisement

साधारण बाँटेको कपालमा स्कार्फ

चाहे लुज बाटेको होस् वा कसिलो बाटेको, यसमा रंगीन स्कार्फ बाँधेर आफ्नो साधारण लुकमा नयाँ स्टाइल दिन सकिन्छ ।

हाई वा लो मेस्सी बनसँग स्कार्फ

यो स्टाइलका लागि सबै कपाललाई माथि जम्मा गरेर खुकुलो गर्दै ट्विस्ट गरेर जुरो बनाउनुपर्छ । त्यसपछि माथि रंगीन स्कार्फ बाँध्नुपर्छ ।

बो ब्यान्ड लुक

गर्मीमा यो स्कार्फ हेयरस्टाइलको मद्दतले लुक पूर्णरूपमा फरक देखिन्छ, र कपाल बाँधिएको कारणले गर्मी पनि हुँदैन । यो स्कार्फ हेयरस्टाइल छोटो र लामो दुवै प्रकारको कपालमा निकै राम्रो देखिन्छ।

हाफ बन हेयरस्टाइल

यदि कपाल पूर्णरूपमा बाँध्न मन पर्दैन र खुला कपालमा पनि असहज महसुस हुन्छ, तब हाफ बन हेयरस्टाइल अपनाउन सकिन्छ ।

लो पोनिटेल विथ स्कार्फ

 लो पोनिटेल निकै राम्रो स्टाइल हुनसक्छ । धेरै बलिउड अभिनेत्रीहरू फिल्ममा यो लुकमा देखा परेका छन् । यो स्टाइलका लागि  लो पोनिटेल बनाएर त्यसमाथि स्कार्फ बाँध्नुपर्छ ।