 
                            कस्ता दम्पतीलाई जरुरी ?
पुरुषको वीर्य गणना गर्दा शून्य आएमा वा जन्मजात नै वीर्य नआउने, अल्ट्रासाउण्डमार्फत अण्डकोष हेर्दा वीर्य हुने तर निस्कन नसक्ने अवस्थामामा अरुको वीर्य लिई गर्भधारण गरिन्छ।
                                Advertisement
                            
                                                                 
                            जुनसुकै पुरुषले गर्न सक्छन् वीर्यदान ?
स्वास्थ्य अवस्था सामान्य भएको पुरुषले चाहेको खण्डमा वीर्यदान गर्न सक्छन्।
 
                            कसरी भण्डारण गरिन्छ ?
गोप्य कक्षमा वीर्य संकलन भएपछि भण्डारणको प्रक्रियाको लागि (एन्ड्रोलोजील्याब)मा लगिन्छ । निकालेको वीर्यलाई स्वस्थ बनाउन आवश्यक पोषकतत्व मिसाएर भण्डारण गर्ने ट्युबमा राखेर तीन महिनासम्म भण्डारण गरिन्छ ।
 
                            महिलाको डिम्बसँग निषेचन कसरी गराइन्छ ?
तयार भइसकेको वीर्यमध्ये पनि गुणस्तरीय छानेर सक्रिय भएको टाउको मिलेको पुच्छर भएको वीर्यलाई छानेर डिस्कमा भएको डिम्बमा निषेचन गराइन्छ ।
 
                            गोपनीयता
दाता र प्राप्त गर्ने दम्पतीबारे गोपनीयताको पूर्ण ख्याल राखिन्छ । तर व्यक्तिगत विवरणको अभिलेख भने आईभीएफ सेन्टर वा अस्पतालले राखिरहेको हुन्छ ।
 
                     
                             
                             
                            