भाइमसला
भाइटीकाको किनमेल गर्न जाँदा छुटाउन नहुने सामग्री हो, भाइमसला । भाइटीकामा दिदी-बहिनीले आफ्ना दाजु-भाइलाई टीका लगाएपछि उपहारस्वरूप ‘भाइमसला’ दिने गर्छन् । यसमा बदाम, काजु, किसमिस, ओखर, नरिवल, चकलेट, कटुसलगायतका ड्राइ फ्रुट्सहरू हुन्छन् ।
ढाका टोपी
तिहारमा ढाका टोपी लगाउँदा माइतीको मान प्रतिष्ठा बढ्छ भन्ने विश्वासले हरेक चेलीले आफ्ना दाजुभाइलाई भाइटीकाको दिन उपहारको रूपमा स्नेहपूर्वक ढाकाटोपी दिने चलन छ ।
माला
भाइटीकामा दिदीबहिनीले मखमली माला दाजुभाइलाई लगाइदिने गर्छन् । मखमलीको फूलमा नओइलाउने गुण हुन्छ । त्यसैले, त्यसदिन मखमलीको फूल नओलाएको जस्तै दाजुबहिनीको सम्बन्ध पनि कहिले कमजोर भन्ने कामनाका साथ माला लगाइदिने गरिन्छ ।
टीका सामग्री
भाइटीकाको दिनउमङ्गल्याउने भनेको दाजुभाइको निधारमालगाइने सप्तरङ्गी टीका हो । भाइटीकाको दिनदिदीबहिनीले दाजुभाइको यश, आरोग्यएवं दीर्घायुको कामनागर्दै निधारमा सप्तरंगी टीका लगाइदिने चलन छ ।
पूजाको सामग्री
भाइटीकाको दिन दियोबत्ती, अभिषेक गर्न दुबो र तोरीको तेल, पूजा सामग्री राख्नथाली, सगुनको लागि दही, हाडे ओखर छुटाउन नहुने सामग्री हुन् । यीमध्ये कतिपय सामग्री घरमै उपलब्ध हुन सक्छन् र नभएको खण्डमा बजारबाट पनि किन्न सकिन्छ ।
फलफूल
तिहारमा भाइमसलासँगै फलफूल पनि दिने गरिन्छ । त्यसैले, बजारमा जाँदा फलफूल पनि किन्न नछुटाउनुहोस् । फलफूल त किन्ने ? तर के किन्ने होला भन्ने दुविधा छ भने चिन्ता लिनु पर्ने कुरै छैन ।
मिठाइ
भाइपूजामा मिठाई अनिवार्य जस्तै हुन्छ । हुन त तिहारको विशेष भनेको सेलरोटी हो । त्यसबाहेक पनि अरु अनेकथरी मिठाई यसबेला दिने गरिन्छ । बजारमा भाईपूजालाई लक्षित गरेर मिठाई पाउन सकिन्छ ।