+

जाडोमा छाला फुस्रो हुन्छ, कसरी मुलायम र चम्किलो राख्ने ?

जाडोमा छालामा देखा पर्ने समस्या

जाडोयामा खासगरी छाला रुखो हुने, फुट्ने, सुक्खा हुने समस्या हुन्छ । त्यस्तै, छाला चिलाउने, हातगोडा फुट्ने, छालाको पत्र निस्कने, अनुहारमा चायापोतो आउने तथा बढ्ने र रुखो हुने समस्या हुन्छ । अर्कोतिर टाउकोमा पनि चाया पर्ने गर्छ ।

के गर्ने त ?

नुहाएको २–३ मिनेटभित्रै मोइस्चराइजर लगाउनु उपयुक्त हुन्छ । यो नियम सबैभन्दा महत्वपूर्ण छ। नुहाएपछि छालामा अझै अलिकति पानी रहन्छ, त्यसलाई 'लक' गर्न क्रिम/लोशन लगाउनुपर्छ।

Advertisement

राति सुत्नुअघि

हात-खुट्टा र कुहिनो/घुँडामा भ्यास्लिन, बोलोलिन वा बडी लोशन लगाउन सकिन्छ । यसले छाला सुख्खा हुन र फुट्न दिंदैन ।

सन्सक्रिनको प्रयोग

गर्मीमा जति सन्सक्रिनको प्रयोग हुन्छ, उति नै जाडोमा पनि सन्सक्रिनको प्रयोग गर्नुपर्छ । किनकि जाडो मौसममा घाममा धेरै बसिने हुँदा घामको हानिकारक विकिरणले छालालाई असर पार्न सक्छ ।

जाडोमा नियमित मालिस छालाका लागि राम्रो मानिन्छ । छालाको नियमित मालिसका लागि नरिवलको तेलको प्रयोग गर्न सकिन्छ । यसले छाला नरम बनाउनुका साथै छालालाई चम्किलो बनाउँछ ।

जाडोमा न्यानो हुन आगो ताप्ने, हिटर ताप्ने, एसीमा बस्ने गरिन्छ । यसले हाम्रो छालाको मोइस्चर सोसेर छालालाई सुक्खा बनाउँछ । त्यसैले आगो हिटर एसीबाट अलि टाढा बस्नुपर्छ ।

जाडोमा हातखुट्टा फुट्ने समस्याले धेरैलाई सताएको पाइन्छ । यस्तो समस्याबाट बच्न दैनिक रुपमा बडी लोसनको प्रयोग गर्नुपर्छ । साथै राति सुत्ने बेला हातखुट्टामा नरिवलको तेल लगाएर मालिस पनि गर्न सकिन्छ ।

दिनमा ३ लिटर पानी पिउने, आलस, बदाम, अखरोट, काजु, माछा, अण्डा, दालबाट प्रोटिन, पालुङ्गो. गाजर, सागसब्जी बढी खानुपर्छ ।