
शरीरको सबैभन्दा ठुलो अंग छाला हो । छाला एकठाउँमा सिमीत छैन । यो टाउको देखि पैतालासम्मको भागमा फैलिएर ढाकेको हुन्छ ।

अंगहरु ढाक्ने मात्र होइन, बाहिरको हानिकारक तत्वबाट पनि बचाउँछ । शरीरलाई सुन्दर बनावट र स्वरूप दिन्छ ।
Advertisement

एक सामान्य वयस्क व्यक्तिको छाला २० वर्ग फिटको हुन्छ । शरीरको कुल भागको १५ प्रतिशत छालाको वजन हुन्छ ।

छालाको तीन पत्र हुन्छ । सबैभन्दा माथिल्लो भाग एपीडर्मिस, बीचको भाग डर्मिस र सबैभन्दा मुनिको भागलाई हाइपोडर्मिस भनिन्छ ।

घामको हानिकारक किरण र चोटपटकबाट पनि बचाउँछ । छालाले भिटामिन डी सोसेर हड्डी बलियो बनाउन मद्दत गर्छ । छालाको माथिल्लो भाग वाटर प्रुफ हुन्छ । जसले छालालाई ब्याक्टेरियाबाट बचाउँछ।