+

पेट विज्ञान : १० कुरा, जो सबैलाई थाहा नहुनसक्छ

एक स्वस्थ व्यक्तिले प्रतिदिन ७२० मिलिलिटर बराबरको र्‍याल उत्पादन गर्छ ।

पाचन प्रणाली र मस्तिष्कबीच धेरै नजिकको सम्बन्ध हुन्छ । तसर्थ, कहिलेकाहीं तनाव वा चिन्ताले पाचन प्रणालीमा नकारात्मक प्रभाव पार्छ ।

Advertisement

सानो आन्द्राको लम्बाइ २२ देखि २३ फिट हुन्छ तर ठूलो आन्द्राको लम्बाइ पाँच फिट मात्रै हुन्छ ।

पेटमा एकै पटक करिब २ किलो खाना सोस्ने क्षमता हुन्छ ।

तापमानमा अचानक परिवर्तन भयो भने हिक्क आउन सक्छ । तथ्यअनुसार लगातार हिक्कको समस्या सबैभन्दा लामो ६८ वर्षसम्म चलेको थियो ।

प्लेटिपस एउटा यस्तो जनावर हो जसको पेट हुँदैन ।

अन्ननलीमा रहेको मांसपेशीहरूले तरंगको रूपमा काम गर्छन्, जसले खानालाई पेटमा तल लैजान मद्दत गर्छ ।

पेटमा हुने हाइड्रोकोलोरिक एसिड यति बलियो हुन्छ कि फलाम पनि पगाल्न सक्छ ।

हाम्रो पाचन प्रणालीमा १० करोडभन्दा बढी न्युरोन हुन्छन्, जसलाई ‘सेकेन्ड ब्रेन’ भनिन्छ।