+

जिब्रो हेरेरै पत्ता लाग्छ यी रोग

जन्डिस

जिब्रो र जिब्रोमुनिको दुईवटा नसाको छेउछाउको भाग पहेंलो भएको छ भने जन्डिसको समस्या छ भन्ने कुरा थाहा हुन्छ ।

रक्तअल्पता

हाम्रो जिब्रोको रङ गुलाबी हुन्छ तर रगतको कमीले यसको रङ परिवर्तन भएर पहेंलो हुन्छ । जिब्रोको रङ गुलाबी छैन भने केही संक्रमण हुन सक्छ । मुखमा घाउ हुनु र मुख सुख्खा हुनु आइरनको कमीको लक्षण हुन सक्छ ।

Advertisement

संक्रमण

जिब्रोको रङ परिवर्तन भएको छ वा जिब्रोमा लेदो जमेको जस्तो देखिन्छ भने विभिन्न प्रकारको संक्रमणको लक्षण हुन्छ ।

टन्सिल

बिरामीलाई आँ गर्न लगाएर जिब्रोसँगै टन्सिल ग्रन्थी पनि हेरिन्छ । यदि टन्सिल ग्रन्थी वरपर रातो छ भने टन्सिल छ भन्ने पत्ता लगाउन सकिन्छ ।

ग्यास्ट्रिक

जिब्रो सेतो छ । सेतो लेउ जस्तो जमेको छ भने ग्यास्ट्रिकको समस्या हुन सक्छ ।