बैंककदेखि पटायासम्म
थाइल्यान्डको यात्रा बैंककबाट सुरु गर्न सकिन्छ । यहाँ वाट अरुण, वाट फो र ग्रान्ड प्यालेसजस्ता ऐतिहासिक स्थल घुम्न सकिन्छ । सपिङ र स्थानीय खानाको अनुभवपछि पटाया पुग्दा समुद्र किनारको रमाइलो वातावरण भेटिन्छ ।
कोरल आइल्यान्डको आकर्षण
पटायाबाट कोरल आइल्यान्डको भ्रमण गर्न सकिन्छ । डुंगामा समुद्र पार गर्दै टापु पुग्नु आफैंमा रमाइलो अनुभव हो । त्यहाँ समुद्र किनारमा आराम गर्न, पौडी खेल्न वा प्यारासेलिङ र सी–वाकजस्ता गतिविधिमा सहभागी हुन सकिन्छ ।
क्राबी र फुकेटका सुन्दर टापु
सात रात आठ दिनको समय छ भने बैंककसँगै क्राबी र फुकेट घुम्न सकिन्छ । क्राबीको ‘फोर आइल्यान्ड टुर’ मा डुंगाबाट विभिन्न टापु र समुद्री किनार पुग्न सकिन्छ । फुकेटबाट फिफी आइल्यान्ड र जेम्स बोन्ड आइल्यान्डको भ्रमण गर्न सकिन्छ । पटोङ, काटा र कारोङका समुद्री तट पनि आकर्षणका केन्द्र हुन् ।
थाइल्यान्डको खानाको स्वाद
थाइल्यान्डको यात्रामा स्थानीय खानाको स्वाद लिन छुटाउनु हुँदैन । टम यम सुप, पद थाई, ग्रिल्ड सीफुड, सोम ताम र मासामान करी यहाँका चर्चित परिकार हुन् । समुद्र किनारका रेस्टुरेन्टमा ताजा माछा, झिँगे माछा र स्क्विड खान सकिन्छ । मिठाईमा आँप, स्टिकी राइस र नरिवलको दूधबाट बनाइने म्याङ्गो स्टिकी राइस लोकप्रिय छ ।
भिसा र बजेट कति ?
थाइल्यान्ड यात्राका लागि भिसा प्रक्रिया समयमै सुरु गर्नु आवश्यक हुन्छ । यात्राको मिति तय भएपछि कम्तीमा १० कार्यदिनअघि आवेदन प्रक्रिया सुरु गर्न सुझाव दिइएको छ ।
चार रात पाँच दिनको बैंकक–पटाया प्याकेज प्रतिव्यक्ति करिब ९०–९५ हजार रुपैयाँबाट सुरु हुन्छ भने सात रात आठ दिनको बैंकक–क्राबी–फुकेट प्याकेज करिब १ लाख ३५–४० हजार रुपैयाँ पर्न सक्छ । यद्यपी, प्याकेज अनुसार मूल्यमा फरक आउन सक्छ ।
कस्तो मौसम, कस्तो तयारी ?
अक्टोबरमा थाइल्यान्डमा वर्षायाम सकिँदै चिसो मौसम सुरु हुने संक्रमणकाल हुन्छ भने नोभेम्बरमा धेरै भागमा चिसो मौसम सुरु हुन्छ ।