
जब हामी जरुरतभन्दा बढी सोचेर मनमा कुरा खेलाउछौँ भने मस्तिष्क लगातार सक्रिय हुन्छ । यसरी सक्रिय रहँदा मानसिक थकान अनुभव हुन्छ । जसकारण शरीर पनि सुस्त र थकित हुन्छ ।

निद्रामा बाधा
बढी सोच्ने बानीले निद्राको चक्रमा बाधा गर्छ । मनमा कुरा खेल्न सुरु भए पछि दिमाग त्यसमै रुमलिन्छ । र, निद्रा लाग्न मुस्किल हुनुको साथै गहिरो निद्रा पनि नपर्न सक्छ ।

मुटुमा असर
अति सोच्ने बानीले चिन्ता बढाउँछ । जसले मुटुको चाल तीव्र हुन्छ । दिनहुँ यस्तो समस्या हुन थाल्यो भने रक्तचाप बढ्न सक्छ ।

हर्मोन कोर्टीसोलको प्रभाव
जब दिमागले पटक पटक एकै कुरालाई लिएर बसिरहन्छ । तब तनाव हर्मोन कोर्टीसोल बढ्न थाल्छ । यसले समग्र शरीरमा असर पार्छ ।

पेटमा समस्या
हर्मोन कोर्टीसोलको उत्पादनले पाचन प्रणालीको स्नायुलाई असर गरी पेटमा अम्ल बढाउँछ वा आन्द्राको गतिविधि बिगार्छ। यसले अपच, पेट दुखाइ वा झाडापखाला जस्ता समस्या निम्त्याउँछ।

आत्मविश्वासमा कमी
बढी सोच्ने व्यक्तिमा आत्मविश्वासमा कमी हुनथाल्छ । अनि उसले आफैंमा शंका गर्ने गर्दै जान्छ । उसले कुनै पनि कुरामा छिटो फैसला लिन सक्दैन ।

मस्तिष्क कमजोर
लगातार सोच्दा दिमाग पनि थाक्छ । थाकेको दिमागले सबै कुरा राम्रोसँग स्मरण गर्न सक्दैन । जसले स सानो कुरा पनि सम्झिन गाह्रो हुँदै जान्छ ।