+

जाडोमा बूढापाकालाई कस्तो स्वास्थ्य समस्या?

दम

चिसो बढेको बेला एलर्जीले आक्रमणले दमबाट पीडित बुढापाकालाई जाडोको मौसममा थप समस्या पार्न सक्छ। सुख्खा हावाले मुख हुँदै फोक्सोमा जाने वायुमार्गलाई कस्न थाल्छ र श्वासप्रश्वासलाई खराब पार्न सक्छ ।

फ्लु

वृद्धवृद्धाको रोगप्रतिरोधात्मक क्षमता यसै कमजोर हुन्छ । चिसोमा सक्रिय फ्लुको संक्रमण हुने सम्भावनाले उनीहरुलाई सताउन सक्छ ।

Advertisement

निमोनिया

निमोनिया जुनसुकै उमेरमा हुनसक्ने भए वृद्धवृद्धामा जटिलताको जोखिम उच्च हुन्छ । चिसो मौसममा निमोनिया भाइरस, ब्याक्टेरिया वा फोक्सोलाई असर गर्ने फङ्गसको कारणले हुने संक्रमण हो ।

भिटामिन डीको कमी

जाडोमा घरका वृद्धवृद्धा भिटामिन डीको कमीबाट पीडित छन् भने जाडोमा चिसोका कारण मांसपेशीहरूमा दुखाइ बढ्न सक्छ र हड्डीहरू कमजोर हुनसक्छन् ।

हृदयघातको जोखिम

चिसो मौसममा वृद्धवृद्धाहरूलाई हृदयघातको बढी जोखिम हुन्छ । किनभने चिसो हावाले रक्तनलीहरू खुम्चिन्छ, जसले रक्तचाप बढाई हृदयघातको जोखिम हुनसक्छ ।

स्वास्थ्यको ख्याल कसरी गर्ने ?

शरीर न्यानो राख्ने, सक्रिय रहने, बिहान कुहिरो हटेपछि हिँडडुल  गर्ने, हाइड्रेटेड रहने, भिटामिन डी सप्लिमेन्ट लिने र विहान बेलुकी घाममा बस्ने गर्न सकिन्छ ।

   

उनीहरुलाई इन्फ्लुएन्जा र निमोनियाको जोखिमबाट बच्न यी दुई विरुद्धको खोप लगाइदिनु पर्छ ।