+

के हो पिसाब संक्रमण ?

के हो पिसाब संक्रमण ?

पिसाब नली, मूत्राशय वा मिर्गौलामा हुने ब्याक्टेरियाको संक्रमण हो । यो महिलामा धेरै हुन्छ, तर पुरुषमा पनि हुन सक्छ। समयमै थाहा पाएर उपचार गरे निको हुन्छ ।

कसरी थाहा पाउने ?

पिसाब गर्दा पोल्ने/दुखाइ (सबैभन्दा सामान्य), बारम्बार पिसाब लाग्ने, तर थोरै-थोरै मात्र आउने पिसाब नलाग्दा पनि पिसाब लागेजस्तो महसुस, गन्ध आउने, पेटको तल्लो भाग वा कम्मर दुख्ने पिसाबमा रगत देखिने जस्ता लक्षण हुनसक्छ ।

Advertisement

कारण

धेरैजसो पिसाब संक्रमणको कारण ब्याक्टेरिया हुन्छ । ई. कोलाई जुन आन्द्रामा हुन्छ, यो ब्याक्टेरिया पिसाब नली तथा मूत्राशयमा पुगेपछि संक्रमण हुन्छ । पिसाब संक्रमण हुने अधिकांश केसमा ई. कोलाई ब्याक्टेरियाको संक्रमण नै मूल कारण हुन्छ ।

अधिकांश समय पिसाब रोकेर बस्नु, यौन सम्पर्कपछि पिसाब नगर्नु, अधिक पानी नपिउनु ,पिसाब कम बन्छ, कसिलो लुगा/अन्डरवियर लगाउनु, नमी जम्मा भई संक्रमणको जोखिम बढ्छ ।

महिलामा किन बढी हुन्छ ?

महिलामा तुलानाताम्क रुपमा छोटो मूत्रनली हुन्छ । जसले गर्दा ब्याक्टेरिया छिटो मुत्र नाली हुँदै संक्रमण गराउन सक्छ ।

कुन अवस्थामा यो जटिल बन्छ ?

यूटीआई बिग्रिएर जटिल अवस्था पनि आउन सक्छ । मिर्गौलामा संक्रमण भएमा त्यसले मिर्गौलामा क्षति पुर्‍याउन सक्छ । पिसाब संक्रमणको सबैभन्दा जखिम अवस्था भनेको युरोसेप्सिस हो । यूटीआई बिग्रिएर जब पिसाबको संक्रमण रगतमा फैलिन्छ यो अवस्थालाई युरोसेप्सिस भनिन्छ ।

उपचार कसरी हुन्छ ?

यूटीआईको मुख्य उपचार एन्टिबायोटिक हो । पिसाब जाँच तथा आवश्यक परेको खण्डमा अल्ट्रासाउण्ड गरेर डाक्टरले कुन औषधि उपयुक्त हुन्छ भनी दिन्छन् ।

यसमा विशेष गरी पिसाबमा सुक्ष्म जीवाणुहरू छन्/छैनन् भनी पिसाबको कल्चर गरेर हेरी जाँच गर्ने प्रचलन छ ।