शरीरका लागि अत्यन्त महत्वपूर्ण खनिज तत्व हो, सोडियम । सोडियमबिना शरीरका कोषहरू, स्नायु, मांसपेशी र मुटुले सामान्यरूपमा काम गर्न सक्दैन ।
यो पानी सन्तुलन, रक्तचाप, सिग्नल ट्रान्समिशन (संकेत प्रसारण) र मांसपेशी कार्यका लागि अत्यावश्यक छ । तर बढी सोडियमले उच्च रक्तचाप र मुटुको समस्या निम्त्याउँछ, त्यसैले ठीक मात्रामा राख्नु जरुरी हुन्छ ।
सोडियमको कमी हुँदा शरीरमा के हुन्छ ?
सोडियमले हाम्रो शरीरले राम्रोसँग सन्तुलनमा राख्छ । यो रगतमा, मांसपेशीमा, कोषहरूमा र शरीरका अन्य भागमा हुन्छ । धेरैजसो रगतमै हुन्छ ।
यो खनिज तत्व नभए कोषहरूले काम गर्न सक्दैनन् । मांसपेशी, मुटु, मस्तिष्क सबैलाई यसको आवश्यकता पर्छ । आवश्यक मात्राभन्दा कमी भयो भने शरीरमा नकारात्मक असर पर्छ ।
यसको कमीले मांसपेशीले काम गर्न सक्दैन, स्नायु प्रणाली प्रभावित हुन्छ, मुटु र अन्य अंगहरूमा समस्या हुन्छ । यसलाई हाइपोनाट्रेमिया भनिन्छ ।
यसलाई आवश्यक मात्रामा राख्नुपर्छ । हरेक दिन करिब ५०० मिलिग्राम सोडियम चाहिन्छ, तर नुनको मात्रा २.३ ग्रामभन्दा बढी नहोस् भन्ने सिफारिस छ । यो २.३ ग्राम भनेको सानो एक चम्चा बराबर पनि हुँदैन ।
सोडियम नुनमा मात्र हो कि अन्यमा खानेकुरामा पनि पाइन्छ ?
हरियो सागसब्जी, फलफूल, दूध, दही, चिज, माछा, मासु, अण्डा जस्ता खानेकुरामा नुन नहाल्दैमा सोडियम हुन्छ, तर मात्रा कम हुन्छ ।
दैनिक कति नुन खाने भन्ने कुरा ठ्याक्कै मापन गरेर भन्न गाह्रो छ, तर यी तरिकाले अनुमान गर्न सकिन्छ । विश्व स्वास्थ्य संगठनले वयस्कका लागि दैनिक २ ग्राम सोडियम भन्दा कम सिफारिस गर्छ । यो करिब सानो एक चच्चा नुन बराबर हो ।