+

के छ जमराको महत्व ?

दसैँमा जमरा राख्नु धार्मिक आस्था, समृद्धि र शुभताको प्रतीक मानिन्छ । घटस्थापनाका दिन दुर्गा भवानीको पूजा गरी जमरा उमार्ने परम्परा छ। विजयादशमीमा टीकासँगै जमरा लगाएर आशीर्वाद लिइन्छ ।

पहेँलो जमरा कसरी बन्छ?

जौ, गहुँजस्ता अन्नका बीउ माटोमा छरेर जमरा उमारिन्छ। पर्याप्त प्रकाश नपाउँदा बिरुवामा हरियो रङ दिने क्लोरोफिल कम बन्छ र जमरा पहेँलो देखिन्छ।

Advertisement

जमरामा के हुन्छ?

अन्न उम्रने क्रममा यसको पोषण संरचनामा परिवर्तन हुन्छ। जौको जमरामा केही भिटामिन, खनिज र वनस्पतिजन्य यौगिक पाइन्छन्। तर पोषक तत्त्वको मात्रा अन्न, उम्रने अवस्था र उत्पादन विधिअनुसार फरक हुन्छ।

आयुर्वेदमा जौको महत्त्व

आयुर्वेदमा जौलाई ‘यव’ भनिन्छ । परम्परागत ग्रन्थमा यसलाई आहारका रूपमा महत्त्व दिइएको छ। जौमा पाइने रेसायुक्त तत्त्वले सन्तुलित खानपान र पाचन स्वास्थ्यमा सहयोग गर्न सक्छ।

जमराको रस पिउँदा फाइदा हुन्छ?

जमराको रसमा भिटामिन ए, सी, ई, केही बी समूहका भिटामिन, पोटासियम, क्याल्सियम, फलाम र एन्टिअक्सिडेन्ट यौगिक पाइन्छन्। यिनले शरीरको सामान्य कार्य सञ्चालनमा सहयोग गर्छन् ।