+

कस्तो पुरुष साथी मन पराउँछिन् दिव्या

नयाँ अभिनेत्रीको पर्दापण

नेपाली सिनेवृत्तमा नयाँ अभिनेत्रीको रुपमा दिव्या रायमाझीको पर्दापण भएको छ । उनी अभिनेता दिलीप रायमाझीकी छोरी हुन् ।

दुई फिल्ममा एकै हिरोसँग अनस्क्रिन रोमान्स

दिव्याले एक्टरबाट अभिनेत्रीको रुपमा डेब्यु गर्दैछिन् । यससँगै फिल्म पिताम्बरमा पनि उनले अभिनय गरेकी छिन् । रोचक कुरा के भने, यी दुबैमा उनले अभिनेता प्रदीप खड्कासँग अनस्क्रिन रोमान्स गर्नेछिन् ।

Advertisement

फिल्म खेल्नका लागि अमेरिकाबाट नेपाल

यसअघि दिव्याको परिवार अमेरिकामै थियो । परिवारका साथ लागेर उनीपनि अमेरिका गइन् । त्यहीँ उनले पढाईलाई निरन्तरता दिइन् । पढाई पछि राम्रै जागिर खाइरहेकी उनी फिल्म खेल्नका लागि नेपाल आएकी हुन् ।

फिल्ममै करियर

बुवा दिलीप रायमाझी अभिनेता भएकै कारण उनमा पनि कलाकारिताप्रति आकर्षण बढ्यो । उनी यही क्षेत्रमा पूर्णकालिन काम गर्ने ध्येयका साथ नेपाल आएकी हुन् ।

बुवाको स्वभाव भन्दा प्रभाव बढी

उनी बुवा जस्तो चुलबुले छैनन् । बुवा जस्तो शाकाहारी पनि होइनन् । बुवा दिलीप रायमाझीको स्वभाव भन्दा प्रभाव बढी छ उनमा ।

कस्तो केटा साथी मन पराउँछिन् ?

अनलाइनखबरसँग कुरा गर्दै दिव्याले भनेकी छिन्, ‘मलाई रमाइलो खालको केटा मनपर्छ, राम्रो सेन्स अफ ह्युमर भएको । अनुहार जस्तो भएपनि मान्छे इमान्दार हुनुपर्छ ।’