
गर्मीयाम त्यसमा पनि वर्षातको समयमा चिप्लिने समस्या हुने भएकाले लचिलो सोल भएको जुत्ता लगाउनु राम्रो हुन्छ । यस्तो जुत्ताले चिप्लिनबाट रोक्छ ।

जुत्ता-चप्पल वाटरप्रुफ हुन पनि जरुरी छ । पानी नपस्ने जुत्ता भए मोजा भिज्दैन र खुट्टामा संक्रमण हुनबाट जोगिन सकिन्छ ।
Advertisement

पानी छर्ने खालको चप्पल पनि छनोट गर्नुहुँदैन । यसले पछाडिबाट पानी छ्याप्दा लुगा फोहोर हुन्छ । गर्मी र वर्षातको समयमा स्पोर्ट्स सुज पनि राम्रो विकल्पमै पर्छ ।

दैनिक प्रयोजनका लागि सबैभन्दा उपयुक्त हुने स्पोर्ट्स सुज चिप्लिने समस्या पनि कम हुन्छ । पानीले केही भिजाउने भए पनि यो नबिग्रिने भएकाले पनि वर्षातमा पनि यो उपयुक्त हुन्छ ।