+

कार किन्नु अघि के कुरामा ध्यान दिने ?

नयाँ कार किन्ने सोचमा हुनहुन्छ भने सबैभन्दा पहिला बजेट तय गर्नु पर्ने हुन्छ । बजेट छुटाउदा कारको मूल्य मात्र होइन, रजिस्ट्रेसन शुल्क, बीमा मूल्य, मर्मत र तेल खर्च कति लाग्छ त्यो पनि समाबेश गर्नु उचित हुन्छ ।

आफ्नो दैनिक जरुरत, यात्रीको संख्या र कस्तो किसिमको ड्राइभ गर्ने खालको हुनहुन्छ ?, यी कुरा मनन गर्नु आवश्यक छ ।

Advertisement

आफ्नो जरुरत र बजेट अनुसार कुन मोडलको गाडी लिने तय गर्न सकिन्छ। त्यसपछि त्यो गाडीबारे अध्ययन गर्नु बुद्धिमानी हुन्छ ।

कारको विशेषता, सूरक्षा रेटिंग, विश्वासनियता, लागत र अरु गाडी किनिसकेका ग्राहकको रिब्युहरु सामाजिक संजालबाट लिन सकिन्छ । आजभोलि रिब्युहरु तयार पारिएका भिडियो बनाइएका हुन्छन् ।

कुनै पनि कार किन्नु अघि पहिला टेस्ट ड्राइभ गर्नु आवश्यक छ । यसले आफुलाई गाडी ह्यान्डल, सहजता, इन्जिन र यसको चलाई कस्तो छ टेस्ट ड्राइभबाट पत्ता लाग्छ।

कार किन्दा सुरक्षालाई पनि विशेष ध्यान दिनुपर्छ । कारमा एन्टीलक, ब्रेकिङ्ग सिस्टम, एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोलजस्ता कुरा ध्यानमा राख्नु पर्छ ।

कार पछि बेच्दा कतिको भाउ आउँछ भन्ने कुरा पनि ध्यानमा राख्नुपर्छ । ताकी, भविष्यमा बेच्दा सहि मूल्य पाउन सकियोस् ।