+

तातो तेलले पोले के गर्ने ?

पोलेको भागमा छाला रातो भएको छ, फोका उठेको छैन भने पोलेको भागमा तुरुन्तै चिसो पानी लगाइदिनुपर्छ । खासगरी धारो वा भाँडोबाट भएपनि धारा बनाएर पोलेको ठाउँमा लगाउनुपर्छ । दुखाइ वा पोल्ने क्रम कम नभएसम्म लगाइरहनुपर्छ ।

घिउकुमारीको पात काटेर त्यसको तरल भाग निकालेर पोलेको ठाउँमा लगाउन सकिन्छ । एलोभेराको शीतलताले पोलेको ठाउँमा राहत प्रदान गर्छ ।

Advertisement

पोलेको छालालाई संक्रमणबाट बचाउन, पोलेको ठाउँमा सफा कपडा अथवा नटाँसिने खालको ब्यान्डेज लगाउने र फोका उठेमा त्यसलाई फुटाउनु हुँदैन ।

पोलेको ठाउँमा टी ब्यागको प्रयोग पनि गर्न सकिन्छ । ब्ल्याक वा ग्रिन टीको ब्यागमा ट्यानिक एसिड हुन्छ, जसले दुखाइ र जलन दुवै कम गर्छ । टी ब्यागलाई केही समयका लागि फ्रिजरमा राख्ने त्यसपछि बाहिर निकालेर आगो लागेको ठाउँमा राख्ने यसबाट तुरुन्त राहत मिल्छ ।

तेलले पोलेको अवस्थामा आलुलाई काटेर प्रभावित ठाउँमा लगाउनाले वा यसको जुस लगाउनाले पनि राहत पाउन सकिन्छ ।