
स्याउ
स्याउमा पाइने धेरै फाइबर र कम क्यालोरीले शरीरमा तौल नियन्त्रण गर्ने, धमनीका भित्ताहरुमा कोलेस्टेरोल जम्न नदिने र खराब कोलेस्टोरोल घटाएर रक्तचापको स्तर घटाउँछ ।
Advertisement

किबी
दैनिक ब्रेकफास्ट खानुअघि दुईवटा किबी खाँदा ब्लड प्रेसर २.७ मिलिमिटर मर्करी (एमएमएचजी) कम हुन्छ । सात हप्ता दैनिक दुई किबी फ्रुट सेवन गर्दा शरीरमा मेटाबोलिक र रक्तचापको प्रभाव अनियमितता नियन्त्रण गर्छ ।

खर्बुजा
खर्बुजामा सिटुलिन नामक एमिनो एसिडले उच्च रक्तचाप कम गर्न मद्दत गर्छ । शरीरमा नाइट्रिक अक्साइड उत्पादन भै रक्तनलीलाई आराम दिनुका साथै धमनीलाई लचिलो बनाउन सहयोग गर्छ ।

ओखर
ओखरको सेवन गर्दा वृद्धवृद्धामा हुने सिस्टोलिक रक्तचाप र मानसिक समस्याका कारण हुने उच्च रक्तचाप कम गर्छ । ओखरमा ओमेगा थ्री भएका कारण शरीरमा कोलेस्टेरोलको स्तर कम मद्दत गर्छ ।