+

किन कम उमेरमै तनावग्रस्त छन् युवा ?

करियर र पढाईको प्रेसर

आजभोलि कलिलै उमेरबाटै बच्चाहरूलाई करिअर र पढाइको धेरै ठूलो दबाब दिइन्छ, जसको कारणले ठूला हुँदै जाँदा यो दीर्घकालीन (क्रोनिक) तनावमा परिणत हुन्छ ।

सामाजिक सञ्जालको उल्झन

युवाहरूमा सामाजिक सञ्जालको लत एउटा रोगजस्तै बनेको छ । उनीहरू सामाजिक सञ्जालमा बढीभन्दा बढी खर्च गर्छन् । र, आफ्ना उपलब्धिहरूलाई अरूसँग तुलना गर्न थाल्छन् ।

Advertisement

डिजिटल ओभरलोड र निद्राको कमी

रातभर फोन चलाउने र पर्याप्त निद्रा नलिने बानीले दिमागलाई अत्यधिक थकाइ दिन्छ । यसको असरले दिमागको उत्पादक क्षमता घट्छ र तनाव बढाउने हर्मोनहरूमा वृद्धि हुन्छ।

आफूलाई प्रमाणित गर्ने होड

'म अरूभन्दा राम्रो छु' भन्ने कुरा साबित गर्ने क्रममा युवाहरू सधैं संघर्षमा लागिरहन्छन् । तर, उनीहरूले बुझ्दैनन् कि आफू अरूसँग होइन, आफैंसँगै राम्रो बन्नुपर्छ ।

भविष्यप्रतिको चिन्ता

आजभोलि भविष्यको चिन्ता हरेक युवाको जीवनको हिस्सा बनेको छ। वर्तमानमा रमाउनुभन्दा सधैं भविष्यको चिन्तामै हराइरहन्छन्, जसले गर्दा उनीहरूको रक्तचाप समेत बढ्छ ।

सम्बन्धमा जटिलता

पढाइ र करिअरको दबाबसँग जुधिरहेका किशोर–किशोरीहरू आजभोलि सानो उमेरमै प्रेम सम्बन्धमा पर्ने गर्छन् । तर, उनीहरूले सम्बन्धलाई सही रूपमा बुझ्न सक्दैनन् र यही सम्बन्ध नै तनावको कारण बन्न पुग्छ ।

केही हासिल गर्ने भोक

'केही ठूलो गर्नैपर्छ, अहिले नगरे समय बित्छ' भन्ने सोच युवाहरूमा हावी हुन्छ। उनीहरूलाई लाग्छ २५ वर्ष पुग्दासम्म केही ठूलो उपलब्धि प्राप्त गर्न सकेनन् भने जीवन व्यर्थ हुन्छ। यही उपलब्धिको दौडमा उनीहरूले आफ्नै शान्ति गुमाउँछन्।