 
                            जब आफ्नै फिल्म हेर्न हल पुगे विजय बराल
लक्ष्मीपूजाको दिन आफू अभिनित फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ हेर्न एक हलमा पुगेका थिए । त्यहाँको दृश्य देखेर उनी निरास भए । किनभने हलमा उनी र उनका श्रीमतीसहित जम्मा चार जना मात्र दर्शक थिए ।
 
                            अचानक दर्शक ओइरिएपछि
सुरुमा यस फिल्मले न्युन शो पाएको थियो । तर, तेस्रो दिनबाट अचानक दर्शकको ओइरो लाग्न थालेपछि ५६ शोबाट बढाएर हलहरुले ५०० शो थपिदियो ।
                                Advertisement
                            
                                                                 
                            मेरो जीवनमा यो जादूजस्तै हो
यस फिल्मका केन्द्रिय पात्र अर्थात अभिनेता विजय बराल भन्छन्, ‘सुरुको दिन फिल्म हेरेर हलबाट निस्कँदै गर्दा मैले श्रीमती प्रमिलालाई दर्शकको मनमा बस्यो भने वर्ड अफ माउथमा फिल्म चल्छ । भयो पनि त्यस्तै, मेरो जीवनमा यो जादूजस्तै हो ।’
 
                            अपत्यारिलो सफलता
न स्टारकास्ट, न ठूलो बजेट, न कुनै तामझाम । एक कान दुई कान मैदान भनेजस्तै दर्शकले गरिदिएको माउथ पब्लिसिटीबाट यो फिल्म यसरी चल्यो कि यसअघि कुनै नेपाली फिल्मले यो किर्तिमान बनाएकै थिएन ।
 
                     
                             
                            