+

किन आउँछ पटक-पटक पिसाब ?

दिनमा कति पटक पिसाब आउनु पर्छ ?

सामान्यत एक दिनमा चारदेखि १० पटकसम्म पिसाब लाग्नु सामान्य हो ।

कुन अवस्थामा खतरानाक ?

यदि पिसाब गरेको समयमा जलन वा दुखाई हुन्छ भने यो चिन्ताको विषय हो । यदि सामान्य अवस्थामा पनि पटक-पटक पिसाब लाग्छ भने, त्यो समस्या हो ।

Advertisement

राती कति पटक पिसाब आउनु उचित ?

रातको समयमा पटक-पटक पिसाब लाग्छ भने त्यसलालाई गंभिरतापूर्वक लिनैपर्छ । राती निन्द्रा बिथोल्नेगरी पिसाब आइरहनुले विभिन्न समस्याको संकेत गर्छ । यद्यपी बुढ्यौली उमेरमा छिटो छिटो पिसाब लाग्नु सामान्य हो ।

अस्पताल कहिले जाने ?

पिसाब गर्ने समयमा अचानक परिवर्तन भयो वा पटक पटक त्यो क्रम दोहोरिएमा चिकित्सकलाई भेट्नैपर्छ ।