+

रगत चुस्ने परजिवी धर्तीलाई किन चाहिन्छ ?

लामखुट्टे, झुका, जुम्रा जस्ता पराजैवी हाम्रै वरपर हुन्छन् । जसले आफ्नो भोजनको लागि हाम्रो रगत चुस्छन । रगत चुस्ने परजीवीहरू अन्य जनावर वा मानिसको रगतमा आश्रित भएर बाँच्छन्।

हामी सधैं यस्ता परिजिवीबाट बच्न खोच्छौँ । यी मध्ये केही को टोकाईले ज्यान पनि जान सक्छ ।

Advertisement

तर, तपाईलाई सुनेर आश्चर्य लाग्न सक्छ । यी पराजैबी हाम्रो प्रकृतिको लागि वरदान हुन् ।

रगत चुस्ने किराहरुले वातावरण सन्तुलन राख्छन । यिनीहरूले खास जीवजन्तुको संख्या सन्तुलनमा राख्न मद्दत गर्छन्।

यी जीव दोस्रो जनावरको रगत चुसेर उनीहरुको पोषक तत्व आइरन, प्रोटिन अन्य जीवमा सार्ने गर्छन् ।

रगत चुस्ने जीव रोग फैलाउने जनावरलाई शिकार गरी हामीलाई बिरामी हुनबाट जोगाउछन।