 
                            एकाएक लाइमलाइटमा
अहिलेको पुस्तामा सर्वाधिक रुचाइएका गायक हुन्, कुम सागर । उनी कसरी एकाएक लाइमलाइटमा आए ?
 
                            रैथाने आवाज
उनको गायकीमा मूलतः नेवारी कला परम्परा र आधुनिकताको संयोजन भेटिन्छ । संगीतवृत्तमा उनले फरक किसिमको तरंग पैदा गरेका छन् ।
 
                            कन्सर्टमा युवापुस्ताको ओइरो
कुम सागरको कन्सर्टमा युवापुस्ताको ओइरो लाग्ने गर्छ । युवाहरु उनको स्वरमा स्वर मिलाउँदै गाइरहेका हुन्छन् । नाचिरहेका हुन्छन् । अहिले कन्सर्टहरुमा दर्शको ठूलो जमातलाई आफूतिर सम्मोहित गरिरहेका छन् ।
 
                            बलबुतोमा संगीत सिक्दै
जबकि करियरको सुरुवातमा उनले धेरै हन्डर खानुपरेको थियो । दुःखजिलो गरेर आफ्नै बलबुतोमा संगीत सिक्दै उनी आजको अवस्थासम्म आइपुगेका हुन् ।
 
                            संगीतमा आउनुअघि बदमास
संगीतमा आउनुअघि उनी बदमास भएको बताउने गर्छन् । पढाइमा मन नदिने उनी अक्सर साथीभाईको लहलहैमा बरालिने गर्थे ।
 
                            उनलाई होम रिह्याबमा राखियो
छोरो बिग्रियो भनी बुबाले उनलाई होम रिह्याबमा राखे । महिनौंको एकान्तवासबाट बाहिर आएपछि उनले एकसाथ दुई कुरालाई आफ्नो जीवनको लय बनाए, शिक्षा र संगीत ।
 
                     
                             
                            